धर्म-संस्कृति

विश्वभरिका सनातनी धर्मावलम्बिहरु श्री कृष्ण जन्माष्टमी मनाउदै

काठमाडौं, भाद्र १० । आज विश्वचरिका सनातनी धर्मावलम्बिहरु श्री कृष्ण जन्माष्टमी मनाउदै छन् । भाद्रपद महिनाको कृष्ण पक्षको अष्टमीलाई जन्माष्टमीका रुपमा मनाइन्छ । यसै दिन श्री हरिजीको आठौं अवतार श्रीकृष्णको अवतार भएको जनविश्वास छ । राति १२ बजे शंख र घण्टी बजाएर भगवानको जयजयकार गर्दा गर्भबाट जन्मको प्रतीकका रुपमा काक्रोको नाडा काटेर भगवानको जन्म गराउनुपर्छ । यसपछि जन्मजयन्ती मनाउँदा भगवानलाई पञ्चामृत र गंगाजलले स्नान गरिन्छ । चन्दन, रोली, माला, फूल, धूप आदि चढाएर कपूर जलाएर आरती गरिन्छ ।

सन्तान नहुनु दाम्पत्य जीवनको सबैभन्दा दुखद पक्ष हो । धेरै वर्ष बितिसक्दा पनि सन्तान प्राप्तिको सुख प्राप्त हुन सकेन भने त्यो रोग नभई श्रीमान–श्रीमती दुवैका लागि रोगको कारण बन्न जान्छ । छोराछोरीले वंशवृद्धि मात्र गर्दैन, पारिवारिक वातावरणमा पनि आनन्द ल्याउँछ ।
सानी केटीको हाँसोको आवाजमा परिवारका हरेक सदस्य खुशीले उफ्रन्छ । यदि निरन्तर सन्तान प्राप्त गर्ने प्रयास छ भने शुभ दिन अर्थात् जन्माष्टमीको दिन व्रत राखी भगवान श्रीकृष्णको जन्मजयन्ती मनाउदा भगवान कृष्णको बालस्वरूपलाई आफ्नो सन्तान सम्झेर साँचो मनले दिनरात भगवान् कृष्णको सेवा र भगवानलाई भोग अर्पण गर्नाले मनोकामना छिट्टै पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ ।

त्यस्तै श्री कृष्णको सन्तान गोपाल मन्त्र पनि सन्तान नभएका दम्पतीहरूको लागि धेरै लाभदायक छ। जन्माष्टमीका दिन भगवानको मूर्तिको अगाडि बसेर पवित्र वचन जप गर्दा मनोकांक्षा पूरा हुन्छ पनि सनातन धर्ममा मानिन्छ ।