स्याङ्जा, ११ कात्तिक । स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो चुलिँदै जाँदा स्याङ्जाको वालिङ नगरपालिका एक पछि अर्को विवादमा तानिएको छ ।
शिक्षा ऐन संशोधनको विषय सर्वोच्च अदालतसम्म पुगेको विषय सेलाउन नपाउदै गैहकानुनी हिसावले शिक्षक सरुवाको घटनाले वालिङ नगरपालिका पुनविवादित वन्न पुगेको छ । जनताको घरदैलोको सरकारको रुपमा रहेका स्थानीय तहमा जनप्रतिनिधिको मनपरी र कर्मचारीको लापरबाहीले चरम बेतिथि निम्त्याएको मात्र छैन, संघीयतामै बितृष्णा जगाउने कामभएको छ ।
घटना २०८१ असोज १३ गतेको हो । वालिङ नगरपालिका ५ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयका माध्यमिक तहका स्थायी शिक्षक अर्जुन पोख्रेल र रणविर जनहित माध्यमिक विद्यालयका माध्यमिक तहका स्थायी शिक्षक कमल लम्सालको सरुवा गैह्रकानुनी भन्दै विवादित वनेको छ ।
वालिङ नगरपालिकाको शिक्षा शाखाप्रमुख र रणविर जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद रेग्मीको मिलेमोतोमा गरिएको सरुवा विवाद अहिले वालिङमा मात्र नभइ शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन विभाग सम्मपुगेको छ ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका रणविर काप्रअ लक्ष्मी प्रसाद रेग्मी वालिङनगर शिक्षा समितीका सदस्य समेत हुन् ।
आफू अनुकुलको शिक्षक सरुवा गरी आफू कार्यरत विद्यालयमा ल्याउन ग्राण्ड डिजाईन गरेका रेग्मीले शिक्षा शाखा प्रमुखका फ्लेलाई प्रभावमा पारेपछि काफ्लेले समितीका वहुमत सदस्यलाई हस्ताक्षर गराएका थिए । समितीको वैठक नबसी हस्ताक्षर गर्न लगाएको शिक्षा समितीका एक सदस्यले स्वीकार गर्दै,आफूहरुलाई पूर्णरुपमाप्रकृया मिलेको भन्दै हस्ताक्षर गर्न वाध्यपारिएको वताएका छन् । दुवै विद्यालयको सहमतीमा सरुवाभएको भनेर हामीलाई फसाईयो उनले टेलिफोन सम्वादमाभने ।
स्थानीय सरकार सन्चालन ऐन २०७४ ले स्थानीयतहलाई शिक्षक सरुवाको अधिकार दिएको छैन् । वालिङमागरिएको यो सरुवाशिक्षक सरुवानिर्देशिका २०८१ अनुसार गरिएको भनिएपनिनिर्देशिकामाउल्लेख गरिएकाकुनै प्रकृया अवलम्वनगरिएको छैन् । निर्देशिकामा दरवन्दीमिलानगर्न सक्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । दरवन्दीमिलान शैक्षिक सत्र सुरु हुनभन्दाअगावै वा सुरु हुनासाथपालिकाभर एक साथगर्नुपर्ने उल्लेख गरेको छ । व्यक्तिमिलान सरुवालाई दरवन्दीमिलानको अपव्याख्या गरेर सरुवा गरेपछि गैह्रकानुनी सरुवाको आरोप लगाइएको हो ।
उक्त सरुवामा रणविरको व्यवस्थापन समितीको सहमतीनगरी सरुवागरिएको थियो भने महेन्द्र मा.विमा चाडवाडमा प्रअ रिक्तहुँदातलवखुवाउननसकिएको विशेष परिस्थितीभन्दै सरुवागरिएको शिक्षाशाखाले जनाएको छ ।
रणविर जनहितमा.वि.काशिक्षकलम्साललाई महेन्द्र मा.वि.मा सरुवा गरेपछि उनको ठाँउमा ल्याइएका रेग्मीअनुकुलकापोख्रेललाई हाजिर नगराउन रणविरका ६ जनाव्यवस्थापन समितीका सदस्यहरुले नगरपालिकामाउजुरी दर्ता गरेका छन् । शिक्षक सरुवा सम्वन्धी निर्देशिका २०८१ मगलत कागजात पेश गरी वा सरुवा प्रति गुनासो आएमा सम्वन्धित अधिकारी समक्ष सरुवाबदर गर्न निवेदन दिन सकिने र ७ दिन भित्र निवेदन उपर कारवाहि गर्ने प्रावधान समेत उल्लेख गरेको छ ।
स्थानीय सरकार सन्चालनमा कानुन विपरित कामगर्न गराउन विचौलिया सधै हावी भएका छन् । वालिङ नगरपालिकाको पछिल्लो विवादित सरुवामा पनि शिक्षक संघ र संगठनका नाममा समितीमा पुगेकाले ऐन र कानुनको गलत व्याख्या गरेका कारण सरुवा विवादित वन्न पुगेको स्प्रष्ट देखिन्छ ।
नगर पालिका भित्र शिक्षक नियुक्ती र सरुवामा यिनै संघ र संगठन सधै विचौलियाका रुपमा हावी हुने गर्द शैक्षिक क्षेत्र सधै विवादमा आइरहेको छ । वालिङ नगर पालिकाका नगर प्रमुख कृष्ण खाँण यो विवादित सरुवावदर गर्न तयार हुँदा शिक्षा शाखा प्रमुख र तिनै शिक्षक संघ र संगठनवाट अवरोध आएको कार्यालय स्रोतको दावी छ ।
शिक्षकलाई राजनैतिक दलको सदस्यता लिन समेत कानुनी बन्देज रहेको अवस्थामा वालिङमाभने नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि र नेकपा ऐमालेको जिल्ला सचिवालय सदस्यनगर शिक्षा समितीमा रहनुले शिक्षा क्षेत्र राजनैतिक चंगुलवाट उठ्न नसकेको नगर वासीको आरोप रहेको छ ।
Add Comment