धर्म-संस्कृति

गौ माताको पुजा र आरतीले भगवान श्रीकृष्ण प्रसन्न हुन्छन्, जीवनमा सुख हुन्छ !

काठमाडौं, कार्तिक २४ । प्रत्येक वर्ष कार्तिक शुक्ल पक्षको अष्टमीका दिन गोपाष्टमी पर्व मनाइन्छ । यस दिन भगवान श्रीकृष्णसँगै गाई माताको पनि सबै विधिपूर्वक पूजा गरिन्छ । यसपटक यो पर्व नोभेम्बर ९, २०२४ मा मनाइँदैछ । पौराणिक कथा अनुसार यस दिन भगवान कृष्णले गाई चराउन थालेका थिए । यस दिन माता गाईको पूजा–आराधना गर्नाले गाई माताको आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको छ । साथै यस दिन पूजा गर्दा गाईको पूजा गर्नुपर्छ ।

गौ माता की आरती
ॐ जय जय गौ माता, मैया जय जय गौ माता
जो कोई तुमको ध्याता, त्रिभुवन सुख पाता

सुख समृद्धि प्रदायनी, गौ की कृपा मिले
जो करे गौ की सेवा, पल में विपत्ति टले

आयु ओज विकासिनी, जन जन की माई
शत्रु मित्र सुत जाने, सब की सुख दाई

सुर सौभाग्य विधायिनी, अमृती दुग्ध दियो
अखिल विश्व नर नारी, शिव अभिषेक कियो

ममतामयी मन भाविनी, तुम ही जग माता
जग की पालनहारी, कामधेनु माता

संकट रोग विनाशिनी, सुर महिमा गाई
गौ शाला की सेवा, संतन मन भाई

गौ मां की रक्षा हित, हरी अवतार लियो
गौ पालक गौपाला, शुभ संदेश दियो

श्री गौमाता की आरती, जो कोई सुत गावे
पदम् कहत वे तरणी, भव से तर जावे.

गोपाष्टमीमा भगवान कृष्णसँगै गाई माताको पूजाको ठूलो महत्व छ । यस दिन भगवान श्रीकृष्णले गाई चराउने लीला शुरु गरेको हुनाले यस दिन माता गाईको सेवा गर्ने जनविश्वास रहेको छ । यस दिन व्रत र पूजा गर्नाले भगवान श्रीकृष्णको विशेष आशीर्वाद प्राप्त हुन्छ । यसका साथै जीवनमा सुख–समृद्धि कायम रहन्छ ।