विचार-अन्तर्वार्ता

भिजेको कुहिएको ढुूसी संक्रमित परालको गाई प्रजातीमा पर्ने असर –डा. केदार कार्की

पृष्ठभुमि : दक्षिण एसियामा समग्र रुपमा पशुपालन मुख्य रुपमा कृषिका उप—उत्पादन जस्तै, धानको पराल, गहुँको भुस, कोसेबालीका भुुस, ढुटो पिना खान दिएर त हो । यस वर्षको मंसिरमै परेको अप्रत्यासित झरी पछि थन्काउने तयार धानका बोट खेत मै भिज्दा कुहिन गई त्यसबाट उत्पादित परालको प्रयोगबाट देशका अधिकाशं भेगमा भैंसीमा सन् १९३० ताका व्रिटिस पशु स्वास्थ्य प्राविधिक सरलौले भने जस्तै डेगनाला रोग देखिएको स्थीति छ । तर के त्यो कुहिएको पराल नै खुवाउँदा अरु प्रजाति सुरक्षित होलान् ? भैंसीलाई लाग्ने डेगनाला रोगको कारक तत्व त ढुशीलाई मानिएको तथ्य भेटिन्छ । ढुसिको प्रदुषण हाम्रा पशुपंक्षिलाई प्रयोग गरिने जुन सुकै घाँस, पराल, भुस अनि तयारी दानामा विश्व व्यापी रुपमा ७८% छ भन्ने तथ्य भेटिन्छ अनि त्यस्तो दाना उपयोग गर्ने पशुपंक्षि सुरक्षित के रहलान । आज विडम्बना त यो छ, हामी यीनका स्वास्थ्यमा हुने तलमाथि मात्र व्याक्टेरिया, भाइरस, नाम्ले, जुका, लुतोले गर्दा हुने भ्रममा छौं । यीनका लागी सहज उपलब्ध औषधि निष्प्रयोजन प्रयोग गर्न गराउन लगाई विना उपलब्धी हामीसंग भएको सिमित आर्थीक श्रोत प्रयोजन हिन रुपमा दुरुपयोग गर्दै छौं । जस्तै यसपाली भैंसीमा लागेको डेगनालामा भयो ।

दुधालु गाईमा ढुसी प्रदुषित पराल आहाराको असर के होला ?
मंसिरको महिनामा जुन वेला धान वाली भित्राउने समयमा अचानक लामो झरी पर्नु र यसको परिणाम पराल भिज्न गई राम्रोसंग नसुकाई भण्डारण गर्दा कुहिन पुगेको स्थीती हुनसक्छ । यसरी कुहिन गएको परालमा विभिन्न खाले जिवाणु, विषाणु तथा ढुसीको वासस्थान बन्न पुगेको तथ्य यस वर्ष झापा सिराहा, सप्तरी, चितवन, लमजुङ, नुवाकोट, गोरखा र धादिङ, बाँके तिर भैंसीमा देखिएको रोग डेगनालाले पुष्टी गर्दछ । संगै पालिएका गाई प्रजाति त्यही कुहिएको पराल अनि भिजेको धानबाट तयार पारिएको ढुटो खाएर स्वस्थ्य नै रहलान भन्न सकिन्न । फरक यति मात्र हो ती गाई प्रजाति विरामी परे भैसीलाई जस्तै पुच्छरको तल्लो भाग सुक्दै झर्ने, खुट्टा सुन्निने, खुर माथिको खुट्टाको छाला सुके र झरी आलो घाउ बन्ने जस्ता प्रत्यक्ष लक्षण पनि न देखालउलान, भैसी प्रजाती जस्तै खाँदा खाँदै दुनलाएर सुकेर जाने लक्षण पनि न देखाउलान । त्यसो भन्दा यीनमा यसको प्रतिकुल असर नपर्ला भनी ढुक्क हुने अवश्य भने छैन ।

त्यसो भए गाई प्रजातिमा लक्षण के देखिन्छ त ?
१) हिड्दा थरथर काप्ने । त्यो ढकेरी बाङ्गे जस्तै ।
२) अत्यधिक ¥याल सिंगान काड्ने ।
३) उघार काट्ने जनावरले बान्ता गर्दैन भन्थे तर बान्ता गरे जस्तै गर्ने ।
४) जीउ भरी रगतै चुहिएला जस्तो गरी विमिरा आउने ।
५) खाने रुची कम हुनुका साथै पेट ढाडिने, पखाला लाग्ने पनि हुन सक्छ ।
६) त्यो प्रचलित औषधिले निको नहुने, थुनेलो, पाठेघरको संक्रमण अनि वाली न थामीने समस्या वथानमा देखिएमा आश्चर्य मान्नु पर्ने कारण छैन ।
७) दिन कै कृत्रिम गर्भाधान गराउदा पनि वथानमा पशुहरु थारो हुनु कुनै नौलो कुरा रहेन ।
८) लीटरमा दुध दिने भनी किनी ल्याएको त्यो जर्सी, होल्स्टीउन फ्रिजनले थोपा पनि दूध दिएन भने टाउकोमा हात राखी पछुतो किन गर्ने ।
९) अचानक वथानका गाई तुहिन पुगे केलाई रुनु ।
१०) सासै फेर्न गाह्रो सि. आर. डि. हैन है ।
११) व्याउने वेलाका गाई थला परे के उठ्लान । औषधि उपचार के गरिएको छ, तर गर्नु के पर्ने थियो ।

आज नेपालको समग्र गाई पालन क्षेत्रका कृषकसंग भएको अन्तरकृयामा, यसवेला यो स्तम्भकारले पाएको सूचना बडो कहाली लाग्दो छ । समग्र पशु पालक कृषक समुदायले उपलब्धी हिन रुपमा अनावश्यक रुपमा औषधिमा खर्च व्यहोरेको गुनासो गरेका छन् । अर्को तर्फ कार्यक्षेत्रमा कार्यरत प्राविधिकको दक्षतामा चुनौती थपिएको स्थीती । माथीका समग्र लक्षणका आधारमा सिफारिश गरिएका औषधि अन्धोले हात्ती छामेर निकालेको निष्कर्ष भन्दा फरक छैन् । यस अवधिमा भ्यागुते, चरचरे, खोरेत, दाद, लुतो, नाम्ले, जुकाका औषधि निष्प्रयोजन प्रयोग गर्ने गराइएको छ, यो सिमित उपलब्ध श्रोतको चरम दुरुपयोग बाहेक केही हैन । रोगै पहिचान नै नगरी औषधिको सल्लाह दिनु वा निशुल्क बाँड्नु चिकित्सा शात्रीय मर्यादाको चरम उल्लघंन हो भन्दा अतिसयोक्ती नहोला । तसर्थ यस वर्ष भिजी कुहिएको पराल नै खुवाउन वाध्य भएका कृषकलाई तत्काल माथी उल्लेखित रोग लागेको भनी औषधि उपचारको सल्लाह नदिनु वेश ।

गर्नु के पर्ने थियो ?
१) त्यो कुहिएको पराल सकभर न खुवाउन सल्लाह पो दिने, विकल्प खै ?
२) खुवाउनै परे कुन्यौ लगाइ थुपारेको पराल राम्ररी सुकाइ, टकटकाएर उपचार गरी खुवाउने ।
३) १% को सोडिएम हाइड्रोअक्साइड झोलले प्रतिदिन पराल उपचार गर्ने ।
४) यसरी उपचार गरेको पराल पनि प्रति जनावर आज खुवाउने भन्दा आधा मात्रामा मात्र बाँकी हरियो घाँस, डालेघाँसले सोध भर्ना गर्ने ।
५) उच्च गुणस्तर, भरपर्दो उत्पादनको खनीज मिश्रण विज्ञको सल्लाह अनुसार कुहिएको पराल नै खुवाउन पर्ने वाध्यात्मक परिस्थीतीमा गाईलाई खान दिने ।
६) ल्याक्टोलाइन पाउडरको उपयुक्त संघुलन बनाइ आवश्यकता अनुसार औषधि उपचार गर्ने वा पाइन्छ भने पेन्टा सल्फेट उचित मात्रामा प्रयोग गर्ने, यो अलि झन्झटीलो छ वा एण्टि डेगनाला झोल ७ देखि १० दिन सम्म वथानलाई दिने ।

रोकथामको लागि गर्ने के त ?
१) अर्को वर्ष मंसिरमा धान भित्राउने वेला ममनसुन नआओस् भनसुन गर्न सहमति गर्ने हो कि नतोड्ने गरी
२) पराल भिजे राम्ररी सुकाउने भण्डारण अधि भिजे गरौं उपचार ।
३) पराल नै खुवाउन पर्ने विकल्प नभएको स्थीतीमा माथीका लक्षण कहिले देखिन्छ भनेर कुरेर किन बस्ने बरु माथी भने झैंका औषधि यस वर्ष औषधि उपचारका लागी प्रयोग गरीएको मात्रा वा अवधि आधा पराल खुवाउन शुरु गर्दा नै दिंदा वेश । विषक्तिले असर देखाउन भन्दा पहिले नै चनाखो भइ हाल्लान अनि रोग कस्ले गर्दा हाम्रा गाई, भैंसी ढुसी प्रदुषित देखिन्थ्यो, समग्र स्थितीको विवेचना गर्ने हो भने भन्नै पर्छ यसको उचित अनुसंधान कृषक, प्राविधिकलाई अभिमुखीकरण गर्नै पर्छ ।-(लेखक गोल्ड मेडलिष्ट, वरिष्ठ पशु चिकित्सक स्वास्थ्य व्यवस्थापन परामर्शदाता हुन ।)