काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको १९ औं सिभिल र सिभिल एण्ड रुरल इन्जिनियरिङका विद्यार्थीहरुलाई शनिबार राजधानीमा एक भव्य समारोहवीच विदाई दिइयो । नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्राडा पदमबहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको भव्य कार्यक्रममा विद्यार्थीलाई विदाई गरिएको हो ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई विभिन्न अवार्डहरु पनि प्रदान गरियो । चेयरम्यान प्राउड (गर्व) गोल्ड अवार्ड, प्रोग्राम टपर अवार्डसहित विभिन्न अवार्डहरु वितरण गरिएको थियो । चेयरमेय गोल्ड अवार्ड राजेन्द्र पौडेल र शीतल पाण्डेलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । प्रोग्राम टपर अवार्ड भने राजेन्द्र पौडेल र शीतल पाण्डेले संयुक्त रुपमा र बिबेक भण्डारीले पाएका थिए । कलेजमा सिभिलतर्फ राजेन्द्र पौडेल र शीतल पाण्डेले ३.९४ अंक प्राप्त गरी दुई जना संयुक्त रुपमा व्याच सर्वाेत्कृष्ट भएका थिए । सिभिल एण्ड रुरलमा भने बिबेक भण्डारीले ३.८८ अंक प्राप्त गरी सर्वाेत्कृष्ट घोषित भएका थिए । यसका साथै सव्जेक्ट अवार्डलगायत विभिन्न अवार्डहरु पनि कार्यक्रममा वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्राडा पदमबहादुर शाहीले इन्जिनियरहरुका लागि स्वदेशमै राम्रो स्कोप रहेको बताए । यही कारण देशमै बसेर केही गर्न उनले नवआगन्तुक विद्यार्थीहरुलाई सुझाए । यसका लागि राम्रो पढाईका साथै शीप पनि हुनुपर्ने उनले बताए । साथसाथै इमान्दारिता, अनुशाशनको पनि उतिकै आवश्यक रहेको खाँंचो उनले औंल्याए । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव मणिराम गेलालले इन्जिनियरिङ क्षेत्रकाले पनि नेपाल सरकारको सचिवसम्म पुग्ने वातावरण भएकाले यस क्षेत्रबाट पनि नेपाल सरकारको उच्च तहसम्म पुग्न सकिने वातावरण रहेको बताए । प्रशाशनमा हाल ११ जनामा एकजना इन्जिनियरिङबाट कर्मचारीतर्फ नेपाल सरकारको उच्च पद सचिवसम्म पुग्ने वातावरण रहेको उनले बताए ।
कार्यक्रममा आयोजक कलेजका प्राचार्य एवं एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी, सहप्राचार्य एसोसिएट प्रोफेर मोहनध्वज केसी, कलेज सञ्चालक समितिका सदस्य एवं एवं कलेजका प्रोफेसर सावित्री त्रिपाठीलगायतले उत्कृष्ट विद्यार्थीलाई बधाई दिए । कार्यक्रमको सभापतित्व सिभिल विभागका प्रमुख रमेश खनाल तथा सिभिल एण्ड रुरलका प्रमुख सञ्जीव विक्रम शाह र साइन्स एण्ड ह्युमिनिटिजका एसोसिएट प्रोफेसर युवराज गैरेले गरेका थिए । कार्यक्रम सञ्चालन कलेजका विद्यार्थी कल्याण शाखाका प्रमुख एसोसिएट प्रोफेसर विष्णुप्रसाद घिमिरेले गरेका थिए । नेक नाफा नलिने उद्देश्यका साथ सञ्चालित देशकै उत्कृष्ट इन्जिनियरिङ कलेज हो । यहाँं इन्जिनियरिङ विधामा स्नातक तथा स्नातकोतर तहसम्मको पढाई हुने गरेको छ ।
Add Comment