तिहार बडादशैं पछि लगत्तै सुरु हुने दोस्रो ठुलो नेपाली सांस्कृतिक महत्वको पर्व हो । यो पर्व विशेष रमाइलो र वर्षभरिको लगभग अन्तिम पर्व पनि हो । तिहार नेपाली संस्कृतिमा किन महत्वको छ भने यस पर्वमा जताततै मखमली, सयपत्री, गोदावरी लगायतका फूलहरू फूलने, फूलको सुगन्ध वातावरणमा छरिने, वातावरण मनमोहक हुने, न चिसो न गर्मी हुने, फरक खालको रमाइलोको अनुभूति हुने, पारिवारिक जमघट हुने, दिदीभाइ वा दाजुभाइबिच मिलन हुने र थप आत्मीयता बढ्ने, विभिन्न प्रकारका रोटी, मिठाई र अचार बनाइ खाइने, देउसी भैली खेल्ने, नाचगान गर्ने, रङ्गीचङ्गी टीका लगाइने र दियो बालेर जताततै झिलिमिलि हुने जस्ता आदि कारणले यो पर्वलाई विशेष मनोरञ्जनको पर्व पनि मानिन्छ ।
यस पर्वमा मखमली र सयपत्री जस्ता फूलहरूको प्रयोग समेत अत्यधिक हुनेगरेका कारण यो पर्वलाई रङ्गीविरङ्गी फूलैफूलको झिलिमिलि पर्व पनि भनिन्छ । यसका अलावा दियो बालेर चारैतर्फ उज्यालो बनाउने र रमाउने पर्व भएकोले तिहारलाई दिपावली पनि भनिन्छ तर हाल आधुनिक समयमा विद्युतीय आकर्षक बत्तीहरूको अत्यधिक प्रयोग हुनाले अहिलेका पुस्ता यसैमा रमाइरहेका देखिन्छन् र दियो बाल्ने परम्परा क्रमशः लोप हुँदै गइरहेको छ । साथै यस पर्वमा विभिन्न खालका रङ्गीविरङ्गी बत्तीहरूले सौन्दर्य समेत बढाएको हुन्छ । दिनमा भन्दा तिहार पर्व रातमा बढी राम्रो हुनुको कारण पनि यस्तै विद्युतीय विभिन्न रङ्गीविरङ्गी बत्तीहरूको कलात्मक सजावटले पनि हो ।
यस पर्वमा दिदिबहिनीले दाजुभाइलाई टीका वा राखी लगाएर, फूलमाला लगाएर, मीठा मीठा रोटी, सेलरोटी र अनेक मिठाइ लगायतका स्वादिष्ट परिकार खान दिएर हर्षोल्लासपूर्वक मनाइन्छ । दिदीबहिनीले तिहारको अन्तिम दिन भाइटीकाको दिन दाजुभाइलाई टाउकोमा तेल लगाइदिने, कपाल कोरिदिने, चकटीमा बसालेर तेल, कलशको पानी र लावा छर्कदै प्रदक्षिणा गर्ने, पूजा गर्ने, यमराजको प्रतीक मानेर विमिरा (अमिलो फल) को पूजा गरेपछि दैलोमा ओखर फुटाइ दाजुभाइका शत्रु चकनाचुर बनाउने, निधारमा सप्तरङ्गी टीका लगाइदिने र मिष्ठान्न परिकार खुवाउने, नैवेद्य, मरमसला खुवाउने, मखमली, दुबो र सयपत्रीको माला तथा फूलले ढपक्कै ढाक्ने, कपडा वा अन्य उपहार दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार दक्षिणा, लत्ताकपडा र उपहारहरू दिने गर्छन् । वर्षभरिमा कम्तीमा पनि यमपञ्चकको पाँच दिन र सम्भव नभए कम्तीमा भाइटीकाको दिन नै भएपनि दिदीबहिनी र दाजुभाइको भेटघाट तथा मिलन भइ दुःखसुख साट्ने अत्यन्तै सौहार्द वातावरण यस पर्वमा हुनेहुँदा पनि यो पर्वलाई विशेष र रमाइलो पर्वका रूपमा निरन्तरता दिइएको छ ।
यतिमात्र नभइ तिहार पर्व पाँच दिनसम्म विशेष तरिकाले मनाइन्छ । पाँच दिनको समयलाई यमपञ्चक पनि भनिन्छ । यी पाँच दिनसम्म विभिन्न तरिकाले चराचर प्राणी तथा प्रकृतिको पूजा गरिन्छ र मानिस र प्रकृतिबिचको सम्बन्ध पनि बलियो बनाइन्छ । यमपञ्चकको पहिलो दिन यमराजको सूचना प्रवाहक कागलाई पूजा गरी मिष्ठान्न खुवाइने काग तिहार, दोस्रो दिन यमराजको दुतको प्रतीक तथा मानिसको प्रिय र सहयोगी जनावर कुकुरको पूजा गर्ने, तेस्रो दिन लक्ष्मीको प्रतीक गाइको पूजा गर्ने, चौथो दिन गोरु, कृषि सामग्री र गाइवस्तुको गोबरबाट निर्मित गोवर्धन पर्वतको प्रतीकको पूजा गर्ने र अन्तिम पाँचौं दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्ने प्रचलन छ । नेवार समुदायले भने तिहारलाई विशेष महत्वका साथ मनाउँछन् । लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी तीन दिन तिहार पर्व विशेष तरिकाले मनाउने प्रचलन नेवार समुदायमा छ । नेवार समुदायले तिहारलाई तीनदिनसम्म स्वन्ति नखः भनी मनाउने गर्छन् । नेवारी भाषामा स्वन्हु भनेको तीन दिन र नखः भनेको चाडपर्व भन्ने अर्थ लाग्छ । नेवारहरूले तिहारदेखि नै नेपाल सम्बत् अन्तर्गत वर्ष नै परिवर्तन हुने दिन भनी छुट्टै क्यालेन्डर प्रयोग गरी नयाँवर्षको रूपमा समेत शुभकामना आदानप्रदान गरी मनाउने समेत गर्दछन् जुन नेवार समुदायमा मात्र मनाउने प्रचलन रहेको छ ।
नेपालका प्रमुख पर्वहरूमध्ये तिहार विशेष उत्साह, रोशनी र सौहार्दका साथ मनाइने पर्व हो । यसलाई दिपावली, यमपञ्चक वा भाइटीका पनि भनिन्छ । पाँच दिनसम्म चल्ने यो पर्वले नेपाली समाजमा पारिवारिक स्नेह, धार्मिक आस्था र सामाजिक समरसताको अनौठो मिश्रण प्रस्तुत गर्छ । कौजात्रादेखि गोवर्धनपूजा र भाइटीकासम्मका दिनमा प्रत्येक दिनको अलग अर्थ र सन्देश छ । काग, कुकुर र गाईको पूजादेखि भाइबहिनीबीचको आत्मीय सम्बन्धसम्म, तिहारले प्रकृति, जनावर र मानवबीचको सन्तुलनलाई पनि स्मरण गराउँछ । यही विशेषताले तिहारलाई मात्र खुशीको उत्सव होइन, सद्भाव र प्रकृतिप्रतिको आभार प्रकट गर्ने पर्व बनाएको छ ।
नेपालीहरुको महान् पर्व तिहार सुरु भएको छ । सामान्यतः पाँच दिनको हुने यो पर्व यस वर्षको तिहार तिथिको भोग घटबढले एक दिन बढेर छ दिन भएको छ । कात्तिक कृष्ण त्रयोदशीबाट शुरु हुने सांस्कृतिक र सामाजिक महत्व बोकेको विशेष पर्वको रुपमा मनाइने गरिन्छ । अँध्यारो अर्थात् नकारात्मक शक्तिलाई उज्यालो अर्थात् सकारात्मक शक्तिको रुपमा परिवर्तन गर्ने तथा औँशीको कालो रातलाई पनि ज्योतिमय बनाई अँध्यारोलाई चिर्न सक्ने भएकाले यस पर्वलाई दिपावली पनि भन्ने गरिन्छ ।
नेपालमा तिहार प्रमुख चाडपर्वमा पर्दछ । तिहार निकै हर्षोल्लासका साथ मनाउने गर्दछौँ । तिहार वास्तवमै अन्य चाडपर्वभन्दा विशेष महत्वको रहेको छ । संसारमै अनौठो उत्सवको रुपमा मानिने गरिएको यस पर्वमा हाम्रो वरिपरि रहने पशु तथा पन्छीको पूजाआजा, सम्मान र आराधना गरिने गरिन्छ । प्रकृति र मानवबीचको अनुपम सम्बन्धको एक दृष्टान्त पनि हो– तिहार ।
शताब्दीदेखि हाम्रो समाजको संस्कृतीसँग जोडिएको यस पर्वका पाँच दिनमा पहिलो दिन अर्थात कात्तिक कृष्ण त्रयोदशीमा यमराजको समाचार संवाहकको रुपमा कागको पूजा गरिन्छ । दास्रो दिन स्वामीभक्ति, साहस र विश्वासको प्रतिकका रुपमा कुकुरको पूजा गरिन्छ भने वैदिक सनातन हिन्दूधर्मको आस्थाको केन्द्रको रुपमा रहेको गौमाताको पूजा अर्चना गरिन्छ । यसैदिन बेलुका धनधान्यकी देवी लक्ष्मीको भव्य पूजाआजा गरी सम्पन्नता, ऐश्वर्यको कामना गर्ने गरिन्छ । यसदिन अर्थात् लक्ष्मी पूजाका दिन घर–घरमा द्वारद्वारमा मैनबत्ती, दियो बालेर खडकुलामा नहुनेले थालमा पैसा, चामल राखेर लक्ष्मीको पूजा गर्ने चलन रहेको छ ।
त्यसैगरी कृषिकार्यका लागि सहयोग गर्ने गोरुको गोवद्र्धन पूजा गरिन्छ र भोलिपल्ट भातृस्नेहको प्रतिकका रुपमा दिदीबहिनीहरुले दाजुभाइलाई सप्तरंगी टीका, दुवो, मखमली, सयपत्री, तेलको घेरा, मिष्ठान्न फलफूल र भोजन दिएर सम्मान र आदर गर्ने गरिन्छ । त्यसैले तिहार सांस्कृतिक विरासत बोकेको चाड मात्र नभएर पारिवारिक, सामाजिक र राष्ट्रिय सद्भाव बोकेको नेपालीहरुको महत्वपूर्ण उत्सव हो ।
पछिल्ला दिनहरुमा नेपालीका लागि चाडपर्वहरु महँगो बन्दै गएका छन् । चाडपर्व नजिकिँदै गर्दा बजारमा सामानको बजार भाउ आकाशिएको छ । दिन प्रतिदिन बढ्दै गएको बजार भाउ नियन्त्रण गर्न सरकारको ध्यान जान सकेको छैन । जतिजति तिहार नजिकिँदै गएको छ त्यतित्यति नै महँगी बढिरहेको छ । बजारमा दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा सबैको भाउ बढिरहेको छ । सरकारले बजार अनुगमन प्रभावकारी बनाउन सकिरहेको छैन । व्यवसायीहरुले पनि चाडपर्वलाई मौका छोपेर मूल्य अचाक्ली बढाएका छन् । सरकारले सुपथ मूल्य सञ्चालन त गरेको छ । तर त्यो देखावटी हिसावको मात्रै सुपथ मूल्य पसल जस्तो भएका छन् । नेपालीहरुको वर्षभरिमा गर्ने खर्चको ठूलो हिस्सा दशैंतिहारका समयमा खर्च गर्ने चलन छ तर पछिल्ला दिनमा मंहगीले त्यो परम्परा तोडिएको छ ।
हामी साँच्चै संस्कृतिका धनी छौँ । हाम्रा संस्कृति र संस्कारलाई देखेर पश्चिमाहरु चकित पर्दछन् । तर बिडम्बना हाम्रो पछिल्लो पुस्ता र समाजले आफ्नो संस्कृति बिर्सिदै गएको अनुभूति गरिएको छ । कताकता आफ्नो बिर्सेर पश्चिमा संस्कृतिमा रमाउन थालेका छांैँ । तिहारमा पकाइने सेलरोटीको महत्व र फाइदा बुझ्न सकेका छैनौं । देउसीभैलो खेल्न लाज लाग्न थालेको छ ।
तर पछिल्ला वर्षहरूमा यो सांस्कृतिक पर्वमा व्यावसायिकता र प्रदर्शनप्रियता तीव्र रूपमा बढेको देखिन्छ । दीप र रङ्गोलीको उज्यालोभन्दा बढी ध्यान अब महँगो बल्ब, उपहार र सजावटमा जाने गरेको छ । बालबालिकाले रमाइलोका रूपमा खेल्ने देउसीभैलो पनि अब प्रतिस्पर्धा, म्युजिक सिस्टम र रकम संकलनको माध्यम बन्न थालेको छ । कतिपय ठाउँमा देउसीभैलोले सांस्कृतिक मूल्यभन्दा बढी असामाजिक व्यवहार र मादक सेवनलाई प्रोत्साहन दिएको उदाहरण पनि बढ्दै छन् । यस्तो अवस्थाले तिहारको मौलिकता र आध्यात्मिक सार दुबैलाई कमजोर बनाएको छ ।
तिहारको मूल भावना ‘सादगीमा सौन्दर्य’ हो । घर आँगन सफा गर्ने, बत्ती बाल्ने, परिवार र छरछिमेकीसँग भेटघाट गर्ने र भाइबहिनीबीच माया बाँड्ने यही पर्वको असली सौन्दर्य हो । तर आज बजारमुखी संस्कृतिले यो भावना हराउँदै गएको छ । नयाँ कपडा, महँगो गिफ्ट, अत्यधिक पटाका र बत्तीमा हजारौं खर्च गर्नु नै तिहार मनाउने नयाँ प्रवृत्ति बनेको छ । यसले गरीब र सीमित आय भएका परिवारमा अनावश्यक आर्थिक दबाब सिर्जना गरेको छ । अरूको चमक देखेर आफू पनि त्यसै गर्नुपर्ने मानसिकता समाजमा हावी हुँदै गएको छ । त्यो संस्कृतिको होइन, उपभोगको प्रतिस्पर्धा हो जसले हाम्रो मौलिकता धमिल्याउँछ ।
हाम्रो परम्परामा तिहार प्रकृतिसँगको सम्बन्धलाई सम्मान गर्ने पर्व हो । पहिलो दिन कागपूजा गर्दा सन्देशवाहक पक्षीको महत्व सम्झाइन्छ, दोस्रो दिन कुकुरपूजा गर्दा निष्ठा र सुरक्षा भावको कदर गरिन्छ, तेस्रो दिन गाईपूजा र लक्ष्मीपूजादेखि समृद्धिको कामना गरिन्छ । गोवर्धनपूजाले कृषिप्रधान संस्कृतिको आदर गर्छ र अन्तिम दिन भाइटीकाले स्नेह, माया र एकताको भाव सुदृढ गर्छ । यी सबै पक्षहरूले तिहारलाई जीवनका आधारभूत मूल्य—माया, सहअस्तित्व र कृतज्ञता—सँग जोड्छन् । तर आज ती आध्यात्मिक सन्देश झिनो बत्ती र कृत्रिम सजावटबीच हराउँदै गएका छन् ।
सांस्कृतिक संरक्षणका नाममा अनावश्यक खर्च र प्रतिस्पर्धा घटाउनु आजको आवश्यकता हो । कम बत्ती बाल्दा पनि उज्यालो घट्दैन, तर आत्मीयता बढ्छ । साधारण पुष्पमालाले पनि प्रेम झल्काउँछ, महँगो गिफ्ट आवश्यक छैन । भाइटीकाको असली अर्थ भाइबहिनीबीचको अटूट स्नेह हो, त्यसको मापन पैसा वा उपहारले हुन सक्दैन । समाजले फेरि त्यो चेतना जगाउन जरुरी छ कि पर्व मनाउने तरिका होइन, भावना नै मुख्य हो ।
तिहारमा देखिएको अर्को विकृति भनेको वातावरण प्रदूषण हो । अत्यधिक पटाका, बत्ती र प्लास्टिकजन्य सजावटले हावादेखि माटोसम्ममा असर पार्छ । त्यसको सट्टा प्राकृतिक दियो, फूल र बायोडिग्रेडेबल सामग्रीको प्रयोग बढाउन सकिन्छ । यसले परम्परालाई पनि जोगाउँछ र पृथ्वीमाथिको दायित्व पनि पूरा गर्छ । हाम्रो संस्कृति प्रकृतिसँग मिलेर बाँच्ने हो, त्यसलाई बिगार्ने होइन ।
त्यस्तै, देउसीभैलो जस्ता सांस्कृतिक अभ्यासलाई पनि फेरि मौलिक ढंगमा फर्काउने बेला आएको छ । गाउँ–टोलमा गीतसहित आशिष र सन्देश दिने प्रथा अझै जीवित छ, तर शहरमा त्यसले रूप परिवर्तन गरिसकेको छ । आधुनिकता र मौलिकता बीच सन्तुलन राख्ने प्रयास नगरिए तिहार पनि केवल ‘फोटोजेनिक’ पर्व बनेर रहन सक्छ । विद्यालय, समुदाय र सञ्चार माध्यमले यसमा सकारात्मक भूमिका खेल्न सक्छन्—संयमित, सन्देशपूर्ण र स्थानीय परम्परालाई सम्मान गर्ने तिहार मनाउने अभियान चलाएर ।
तिहारको आत्मा नै आपसी प्रेम, सहिष्णुता र सकारात्मक ऊर्जा हो । त्यसैले यो पर्वले सधैं सन्देश दिन्छ—अन्धकारमाथि उज्यालोको विजय, र दुष्टतामाथि सद्गुणको विजय । त्यो विजय फोहोर बत्ती वा खर्चिलो भोजबाट होइन, हृदयको पवित्रताबाट सम्भव हुन्छ । समाजले यही मूल्यलाई आत्मसात् गर्न सके तिहार फेरि पनि हाम्रो जीवनमा उज्यालो, शान्ति र एकताको प्रतीक बन्नेछ ।
तर कतिपय नेपाली पर्वहरू मनाउने क्रममा विकृतिहरू पनि देखिएका छन् । खासगरी उत्तरआधुनिक समयमा विभिन्न संस्कृतिहरूको मिश्रित प्रभाव हाम्रा चाडपर्वमा पनि देखिनुले हाम्रा मौलिक पहिचानहरू गुमनाम हुन थालेका छन् । तिहारको समयमा गाइने देउसी भैलोको गीतमा समेत मिश्रित भाषा शैली र सङ्गीतको प्रयोग हुन थालेको छ । मारुनी र पुर्सुङ्गे नाच, मादल र झ्याली सहितको देउसी नाच, भैलो खेल्दा दिइने आशीर्वादमा निकै परिवर्तन आएको छ ।
यसका ठाउँमा चर्का स्वरका रेकर्डेड हिन्दी तथा अङ्ग्रेजी गीत र डिस्को नाचले स्थान लिइरहेका छन् र अहिलेका पुस्ता त्यसमै झुम्मिएका छन् । लागुपदार्थ, धूम्रपान र मद्यपानको सेवन गरी जथाभावी हिँड्ने, विकृति फैलाउने, कानै फुट्ने गरी पटकाहरू पट्काउने, पटका पट्काउँदा आगलागी र दुर्घटना घटाउने, अवैध सामग्रीहरू ओसारपसार गर्ने, फूलमालाका ठाउँमा प्लाष्टिक र विद्युतीय फूल प्रयोग गर्ने, मौलिक सेलरोटी, फिनी रोटी, अर्सा र झिलिङ्गा रोटीहरू बनाउने र खाने गर्नुका सट्टा माछा मासु तथा तडकभडकका खानाहरू खाने, बनिबनाउ मिठाइलाई बढी प्राथमिकता दिने, चिउरीका पातबाट बनाइएका टपरीको सट्टा अन्य थालहरूको प्रयोग गर्ने, नियमानुसार गरिने पूजाआजा नगर्ने तर मनोरञ्जनमा मात्र ध्यान दिने जस्ता विकृतिहरूले तिहार पर्वको अस्तित्व पनि सङ्कटमा पर्दै गइरहेको छ । तिहार पर्वलाई आफ्नै नेपाली मौलिक परम्पराअनुसार नै मनाउन पहल गरिनुपर्छ र मनाउनुपर्छ भन्नेमा सबै सचेत हुनु जरुरी छ ।
अब आवश्यक छ– तिहारलाई देखावटी र खर्चिलो उत्सव होइन, आत्मिक सन्तोष र साझा खुसीको पर्वका रूपमा फर्काउने । सादगी र परम्परामा फर्कनु नै आधुनिकताको सही रूप हो । त्यसैले यो वर्षदेखि हामी सबैले संकल्प गर्नुपर्छ—तिहारलाई कम खर्चिलो बनाऔँ, विकृति हटाऔँ र परम्परा जोगाऔँ । यही हाम्रो संस्कृति र भविष्यप्रतिको साँचो श्रद्धा हुनेछ ।हामी सबैले हाम्रा सन्ततीलाई हाम्रो संस्कृति र परम्परामा रमाउन सिकाउनु जरुरी छ । सबै जात, धर्म, संस्कार, संस्कृति बोकेका हाम्रा पर्वहरु भनेका हामी सबै नेपालीको पहिचान हो । यसमा जात र समूह भनेर विभाजन ल्याउनु हुँदैन । तिहारको यस अवसरमा सबै दाजुभाइ, दिदीबहिनीको दिर्घायु र सु–स्वास्थ्यको कामना गर्दै हरेक नेपालीका घरमा उमंग आओस्, शुभकाम
Add Comment