हेटौडा । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री बहादुरसिंह लामाले पार्टीका महामन्त्री गुरुराज घिमिरेको अपमान गरेर आफ्नै पार्टिको सरकार असफल वनाउने सत्ताको कुटिल राजनीति असफल भएको छ । आ।व। २०८३र०८४ को आर्थिक वर्षका लागि मुख्यमन्त्री ईन्द्र वहादुर वानियाको नेतृत्वमा प्रभात तामाङले वागमति प्रदेश सभामा पेस गरेको बजेटमा असन्तुष्टि रहेको भन्दै काठमाडौमा पार्टि अफिसमा आएर असन्तुष्टि गरिरहेका र नेताहरुले वजेटका कारण सरकारको नेतृत्व परिवर्तन गर्न नहुने दवाव वढेपछि लामा आफ्ना केही साँसद लिएर हेटौडा फर्किएका थिए ।
हेटौडामा उनका गतिविधिले केन्द्र झन ससङ्कित हुन पुग्यो , ततपश्चात नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई विवाद समाधानार्थ विशेष उपस्थितिमा हेटौंडामा बागमती प्रदेश संसदीय दलको बैठक डाकियो तर उनी सँसदिय दलको ह्विप सहितको दलको वैठकमा समेत उपस्थित भएनन । पूर्व मूख्यमन्त्री समेत भईसकेका पार्टीका सहमहामन्त्री लामाले बजेट असफल पार्ने प्रयास र महामन्त्री घिमिरेको आग्रह समेत लत्याउदा अहिले उनीमाथी आफ्नै महामन्त्रीलाई समेत अपमान गरेको कुरा नेपाली काङ्ग्रेस वागमति प्रदेश समिति देखि काङ्ग्रेस केन्द्रिय समिति सम्म चर्चाको विषय वनेको छ ।
लामा र उनका केही सासदहरु वजेट प्रति असन्तुष्टीबारे छलफल गर्न १९ गते संसदीय दलमा विहान ८ बजे बैठक बोलाईको थियो । तर उनी र उनको समूह ११ बजेसम्म दलमा उपस्थित भएनन । महामन्त्री घिमिरे सहित सिङ्गो संसदीय दललाई नै चुनौती दिदै वसिरहे । लामाले आफ्ना पक्षीय भनिएका सांसदहरुलाई हेटौंडामै राखेर बैठकमा सहभागी हुन नदिएर वजेट असफल वनाउने र वर्तमान मुख्यमन्त्री ईन्द्र वहादुर वानियालाई मुख्यमन्त्री वाट जवरजस्ति राजिनामा गराउन लगाउने लामाको सत्तामा पुग्ने दिवा सपना चकनाचुर भएको छ, किनकि उनीहरु उपस्थित नभए पनि निर्णयार्थ वजेट प्रस्तुत भयो र वजेट पनि पास हुने देखेपछि लामा तिरमिर्याउदै वाध्य भएर प्रदेश सभा प्रवेश गरेका थिए ।
जब उनी ससदिय दलमा उपस्थित नभए पछि सँसदिय दलले प्रदेशसभामा वजेट पास गराउन अनिवार्य उपस्थितको ह्विप जारि गर्यो, तब लामाका समूह प्रदेशसभामा हतार हतार पुगेर उपस्थिति पुस्तिका तानातान गरेर कार्वाहीवाट वच्न दस्तखत गरेका थिए । स्रोतका अनुसार संसदीय दलको बैठकले बजेट पास गर्न ह्वीप जारी गरेपछि उनीसहित १० जना सांसद संसदमा समेत सुरुमा अनुपस्थित रहेका थिए, यसरी अनुपस्थित हुनेहरुमा पूर्व मूख्यमन्त्री बहादुरसिंह लामा, काभ्रेका जिल्ला सभापति एवम पूर्व मन्त्री तिर्थ लामा, पूर्व मन्त्रीहरु उत्तम जोशी, हरिप्रभा खड्गी, श्याम खड्का, बिमल ठकुरी, सांसदहरु रामकुमार पहाडी, छत्र बम्जन, मिना पराजुली र माया श्रेष्ठ आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारले ल्याएको बजेट फेल गराउने रणनीतिसहित अनुपस्थित भएका थिए ।
तर उनीहरुको अनुपस्थितिका बाबजुद संसदबाट बजेट पास भएपछि भने उनीहरु संसद सचिवालयमा दौडादौड गएर हाजिरी पुस्तिका बन्द भएपछि उनीहरुले संसद सचिवालयमा हाजिर गर्न पाउनुपर्ने भन्दै पुस्तिका मागेपनि कर्मचारीहरुले हाजिर हुन दिएका थिएनन् । पार्टीको कारवाहीबाट बच्ने रणनीति अनुसार हाजिर गर्न खोजेपनि हाजिर गर्न नपाएपछि उजीहरु पुन मूख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई दोष थुपारेर पानी माथि ओभानो वन्ने प्रयासलाई पार्टिले सकारात्मक दृष्टिकोण वाट नहेरेको कारण सहमहामन्त्री लामा यतिवेला तिलमिल्याएका छन ।
यसभन्दा अगाडि गत आर्थिक बर्षको बजेट ल्याउँदा लामा मूख्यमन्त्री रहेको नेतृत्वका बखत तत्कालीन अर्थमन्त्री कुन्दन काफ्लेले बजेटमा मनोमानी गरेर तत्कालिन अर्थ सचिवलाई समेत हातपात गरेको हालसम्म पनि चर्चा चलिरहेकै छ ।
तत्कालीन अर्थमन्त्रीले बजेटमा एकलौटी गरेका कारण लामा नेतृत्वको सरकार निकै बदनाम भएको थियो तर काङ्ग्रेस नेतृत्व ले लेराएको वजेट भन्दै सांसदहरुले बखेडालाई साम्य पार्दै वजेट पास गरेका थिए । तत्कालीन अर्थमन्त्रीका मनोमानी र लामाले पार्टी भित्र गरेको आन्तरिक सहमति कार्यान्वयन नगरेपछि मात्र कांग्रेसका सांसदहरुले स्वस्फुर्त रुपमा लामालाई संसदीय दलको नेताबाट हटाएका थिए । मूख्यमन्त्रीबाट बाहिरिनु परेको प्रतिशोध साँध्न अहिले लामाले बजेट फेल गराउने रणनीति देखि महामन्त्रीलाई समेत अपमान गरेको कुरा पार्टिभित्र व्यापक उठिरहेको एक नेताले वताए । तर वर्तमान मूख्यमन्त्री इन्द्रबहादुर बानियाँले उतिखेर देखि बहादुरसिंह लामा अर्थमन्त्री हुँदै मूख्यमन्त्रीको नेतृत्वमा ल्याएको बजेटमा दलभित्रै व्यापक असन्तुष्टी हुदाहुदै पनि लामाले ल्याएको बजेटमा कुनै पनि अवरोध र प्रतिशोध नराखी पार्टी नेतृत्वको बजेट पास गराउन सहयोग गरेकाले यतिवेला बागमती प्रदेशका काङ्ग्रेस सभापती इन्द्र वहादुर वानियाको राजनैतिक सुजवुझको सवैतिर प्रशंसा भईरहेको छ । वानीयाले संसदीय मूल्यमान्यता र मर्यादा अनुसार पार्टी नेतृत्वको बजेटलाई सफल वनाउन पार्टिको केन्द्रीय समितिका महामन्त्रीको रोहवरमै सँसदिय दलको वैठक राखेर आफ्नो सरकारले ल्याएको ६ वुदे जनमुखि वजेट पास गराउन सफल भएका छन । ६ वुदे वजेटले समग्र प्रदेशका जनताको प्रदेश सरकार प्रति सकारात्मक सन्देश प्रभाह गर्न सफल भएको देखिन्छ ।
जनभावनाको उच्च सम्मान पारदर्शी वजेट भन्दै अन्य पार्टिले समेत समर्थन रहेको वजेटलाई असफल वनाउन लागेको भन्दै लामा सहित १० जना सांसदहरुको हेटौंडामा धज्जि उडेको छ । राजनैतिक परिपक्वता र सँसदिय मर्म र भावनाको उच्च कदर गर्दै आएका मुख्यमन्त्री वानियाले बजेट पास भएपछि सबैलाई धन्यवाद दिंदै संसदमा छलफलबाट प्राप्त पृष्ठपोषणलाई आत्मसात गर्दै बजेट कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सहमहामन्त्री भएर पनि आफ्नै पार्टी नेतृत्वको सरकारले ल्याएको बजेट फेल गराउन लाग्ने उनलाई पार्टीले कुन रुपले हेर्छ त्यो भने हेर्न वाकि नै छ । बदलिएको कांग्रेस, वदल्छौ देश बनाउने नारा लियर काङ्ग्रेस नेतृत्व यतिवेला पार्टिका विभिन्न बिवादहरु पार्टि भित्रै वसेर समाधान गरिरहेको समय र सघिय सरकार काङ्ग्रेस अनुकुल नभएका बखत व्यक्तिगत पदलोलुपता र सत्ता प्राप्तिका लागि गरिएका मुसा प्रबृत्ति ले सिङ्गो काङ्ग्रेस लाई समेत राजनैनिक घाटा हुने निश्चित छ । समयमै यस्ता हरकत नरोकिएको खण्डमा पुनः यस्ता गाईजात्रा दोहोरिनेतर्फ कांग्रेस नेतृत्व सचेत हुनुपर्ने देखिन्छ । संसदीय दलको बैठकले जारी गरेको ह्वीप र पार्टिका महामन्त्रीलाई समेत अपमान गरेको भन्दै लामालाई संसदीय दलले स्पष्टीकरण सोध्न हेटौडामा दवाव सिर्जना भइरहदा नेपाली काङ्ग्रेस वागमति प्रदेश सभापति , सँसदिय दलका नेता एवम मुख्यमन्त्री ईन्द्र वहादुर वानिया भने कुनै प्रतिक्रिया नदिई वसिरहेका छन ।
पार्टीको केन्द्रीय पदाधिकारी तहमा रहेका र पूर्व मूूख्यमन्त्री भईसकेका लामाले गरेको व्यवहारलाई गम्भिरता पूर्वक लिनुपर्ने पार्टी भित्र दवाव बढ्दै गएको छ । सुधारिएको कांग्रेसको केन्द्रीय समितिले सहमहामन्त्री लामाले देखाएको हर्कत प्रति बेलैमा सचेत हुन जरुरी देखिन्छ । यस्ता व्यक्तिगत सत्ता प्राप्तिका लागि गरिने हर्कतलाई वेलैमा समाधान गर्नुपर्ने दाईत्व केन्द्रीय समितिको भएको हुदा प्रक्रिया अघि बढाउनुपर्ने कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरु वताउछन ।








Add Comment