Home » Sample Page » नेप्से ४.६५ अंकले घट्यो, कारोबार ४ अर्ब ४२ करोड रुपैयाँ
अर्थ-स्वास्थ्य

नेप्से ४.६५ अंकले घट्यो, कारोबार ४ अर्ब ४२ करोड रुपैयाँ

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.६५ अंक (०.१७ प्रतिशत) ले घटेर २,६९६.६७ विन्दुमा झरेको छ।

यसैगरी, सेन्सेटिभ परिसूचक ०.७० अंक घटेर ४७०.७९ विन्दुमा पुगेको छ।

हालसम्म रु. ४ अर्ब ४२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने १ करोड ४ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ। बजार बन्द भएपछि अन्तिम कारोबार विवरण सार्वजनिक हुनेछ।