अर्थ-स्वास्थ्य

पेट्रोलदेखि हवाई इन्धनसम्मको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले मूल्य बढाइएको छ।