काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ओरालो लागेको बजार बुधबार भने हरियालीमा देखिएको हो।
यस दिन नेप्से परिसूचक ४.७९ अंकले बढ्दै २,६६७.९७ विन्दुमा पुगेको छ। यद्यपि सेन्सेटिभ इण्डेक्स ०.६० अंकले घटेको छ। फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंकले घटेका छन्।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार ४ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३५० कम्पनीका १ करोड ६७ हजार कित्ता शेयर ६१ हजार २८६ पटक किनबेच हुँदा कुल ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।