अर्थ-स्वास्थ्य

साताको अन्तिम कारोबारमा नेप्से सामान्य अंकले घट्यो, कारोबार ३ अर्ब ७७ करोड

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक ४.०६ अंक (०.१५ प्रतिशत) ले घट्दै २,६५०.०९ विन्दुमा कायम भएको छ। कारोबार अवधिभर ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। कुल १ करोड ३ लाख १३ हजार ८४४ कित्ता शेयर कारोबार भएको देखिन्छ।

आजको कारोबारमा ११० कम्पनीको शेयर मूल्य बढ्दा २०३ कम्पनीको घटेको छ भने केही कम्पनीको मूल्य स्थिर रहेको छ। बजारमा अधिकांश कम्पनीको शेयर मूल्य घटे पनि नेप्सेको गिरावट भने सामान्य रहेको देखिएको छ।