काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा तोकिएको छ।
यस्तै, युरो एकको खरिददर १७५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा रहेको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ १३ पैसा र बिक्रीदर २०५ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।
स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९० पैसा, अष्ट्रेलियन डलर १०७ रुपैयाँ ४६ पैसा/१०७ रुपैयाँ ८९ पैसा तथा क्यानेडियन डलर १०९ रुपैयाँ ०६ पैसा/१०९ रुपैयाँ ४९ पैसा तोकिएको छ।
सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा, कतारी रियाल ४१ रुपैयाँ ७४ पैसा/४१ रुपैयाँ ९० पैसा तथा यूएई दिराम ४१ रुपैयाँ ३९ पैसा/४१ रुपैयाँ ५६ पैसा रहेको छ।
मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३१ पैसा तथा दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ८० पैसा र बिक्रीदर १० रुपैयाँ ८४ पैसा तोकिएको छ।
यसैगरी, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, कुवेती दिनार ४९५ रुपैयाँ ०८ पैसा/४९७ रुपैयाँ ०४ पैसा, बहराइन दिनार ४०३ रुपैयाँ २४ पैसा/४०४ रुपैयाँ ८३ पैसा तथा ओमनी रियाल ३९४ रुपैयाँ ८९ पैसा/३९६ रुपैयाँ ४५ पैसा कायम गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले कारोबारअघि सम्बन्धित बैंकबाट पछिल्लो दर बुझ्न राष्ट्र बैंकले जनाएको छ।








Add Comment