काठमाडौँ । श्रावण महिनाको अन्तिम सोमबार काठमाडौँको बसन्तपुरस्थित मखन क्षेत्रमा रहेको पशुपति मन्दिरमा भक्तजनको चहलपहल देखिएको छ। भगवान् शिवको पूजा–आराधना तथा दर्शनका लागि भक्तजनहरू बिहानैदेखि मन्दिर पुगेका थिए।
श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिने धार्मिक विश्वासका कारण यस महिनाका सोमबार विशेष महत्त्वका साथ मनाउने गरिन्छ। भक्तजनहरूले व्रत बसेर शिवलिङ्गमा जल, दूध, बेलपत्रलगायतका सामग्री अर्पण गर्दै पूजा गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार श्रावणमा भगवान् शिवको आराधना गर्दा मनोकामना पूरा हुने, सुख–शान्ति प्राप्त हुने तथा परिवारमा सकारात्मक ऊर्जा आउने विश्वास रहँदै आएको छ। यही कारण श्रावणका सोमबार शिवालयहरूमा भक्तजनको उपस्थिति बढ्ने गरेको छ।
आज श्रावणको अन्तिम सोमबार भएकाले मखन पशुपति मन्दिरमा पनि विशेष धार्मिक वातावरण देखिएको थियो। भक्तजनहरू पूजा तथा दर्शनमा सहभागी भइरहेका दृश्य देखिन्थे।
श्रावण महिनाको धार्मिक महत्त्वसँगै अन्तिम सोमबारको अवसरमा मन्दिर क्षेत्रमा देखिएको भक्तजनको चहलपहलले काठमाडौंको पुरानो बस्तीको धार्मिक तथा सांस्कृतिक वातावरणलाई समेत झल्काएको छ।









Add Comment