काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका घाइतेमध्ये उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका बिरामीको संख्या ४८ पुगेको छ।
अस्पतालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार शुक्रबार दिउँसो ४ बजेसम्म अस्पतालमा भर्ना भएका घाइतेमध्ये २७ जनाको उपचार भइरहेको छ भने २१ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
अस्पतालका अनुसार उपचारका क्रममा एक जनाको मृत्यु भएको छ।
हाल उपचाररत बिरामीमध्ये ६ जना आईसीयूमा रहेका छन् भने एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
बाढीमा घाइते हुनेमा ५ वर्षका बालकदेखि ५० वर्ष उमेर समूहसम्मका नागरिक रहेका छन्।
भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि ल्याइँदै आएको छ।








Add Comment