नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा हिजो रातभर उद्धार प्रयास जारी राखिएको थियो।
तीन वटा स्काभेटर परिचालन गरी टनेलको माथिल्लो भागमा थुप्रिएको माटो, लेदो तथा गेग्रान हटाउने कार्य भइरहेको थियो। प्राविधिक टोलीले टनेलसम्म पुगेर उद्धारका लागि पहुँच बनाउने प्रयास गरिरहेको जनाएको थियो।
उद्धार कार्यको पछिल्लो अवस्था भने त्यसपछिको नयाँ अद्यावधिक विवरणबाट मात्रै पुष्टि हुनेछ।








Add Comment