विविध

आज यी जिल्लामा साना नदीमा बहाव बढ्ने, नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाडौं । आज देशका विभिन्न जिल्लामा रहेका स–साना नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ।

पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, गुल्मी, बर्दिया, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर आसपासका क्षेत्रमा स–साना नदीको बहाव उल्लेख्य बढ्न सक्ने जनाइएको छ।

यी क्षेत्रमा फ्ल्यास फ्लड (अचानक आउने बाढी) को मध्यम जोखिम रहेको बताइएको छ।

यस्तै, नुवाकोट र रसुवा जिल्लामा भने स–साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने र फ्ल्यास फ्लडको उच्च सम्भावना रहेको जनाइएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी तथा खोला आसपासका बस्तीमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।