Home » Sample Page » डलर १५० रुपैयाँभन्दा माथि, आजको विदेशी मुद्रा विनिमय दर कति?
अर्थ-स्वास्थ्य

डलर १५० रुपैयाँभन्दा माथि, आजको विदेशी मुद्रा विनिमय दर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरोको खरिददर १७५ रुपैयाँ २२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९२ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ ३ पैसा तथा बिक्रीदर २०४ रुपैयाँ ८४ पैसा तोकिएको छ।

स्विस फ्र्याङ्कको खरिददर १८६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९ पैसा रहेको छ। अष्ट्रेलियन डलर १०८ रुपैयाँ ६७ पैसा खरिद र १०९ रुपैयाँ १० पैसा बिक्रीदरमा कारोबार हुने जनाइएको छ। क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ २ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४५ पैसा रहेको छ।

सिंगापुर डलरको खरिददर ११९ रुपैयाँ १० पैसा र बिक्रीदर ११९ रुपैयाँ ५७ पैसा रहेको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा कायम भएको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा रहेको छ।

साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ १८ पैसा तथा बिक्रीदर ४० रुपैयाँ ३४ पैसा छ। कतारी रियाल ४१ रुपैयाँ ३९ पैसा खरिद र ४१ रुपैयाँ ५६ पैसा बिक्रीदरमा रहेको छ। थाई भाटको खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा तोकिएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) दिरामको खरिददर ४१ रुपैयाँ ८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा रहेको छ। मलेसियन रिङ्गिटको खरिददर ३७ रुपैयाँ ३० पैसा तथा बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा छ।

दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २२ पैसा र बिक्रीदर ११ रुपैयाँ २७ पैसा रहेको छ। स्विडिस क्रोनरको खरिददर १५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ४४ पैसा र बिक्रीदर २३ रुपैयाँ ५४ पैसा कायम भएको छ।

हङकङ डलरको खरिददर १९ रुपैयाँ २४ पैसा र बिक्रीदर १९ रुपैयाँ ३२ पैसा रहेको छ। कुवेती दिनारको खरिददर ४९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ४२ पैसा छ। बहराइन दिनारको खरिददर ४०० रुपैयाँ १९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ७८ पैसा रहेको छ।

त्यस्तै, ओमानी रियालको खरिददर ३९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४५ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकले खुला बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाले तोक्ने विनिमय दर फरक हुन सक्ने जनाएको छ। त्यसैले बैंकअनुसार वास्तविक कारोबार दरमा केही अन्तर हुन सक्नेछ।