Home » Sample Page » डलर १५२ रुपैयाँ नजिक, विदेशी मुद्रा विनिमय दर यस्तो
अर्थ-स्वास्थ्य

डलर १५२ रुपैयाँ नजिक, विदेशी मुद्रा विनिमय दर यस्तो

काठमाडौं । नेपालमा आज अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २ पैसा रहेको छ। खुला बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्नेछ।

आज एक युरोको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६३ पैसा रहेको छ।

स्विस फ्र्याङ्कको खरिददर १८६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३१ पैसा रहेको छ। अस्ट्रेलियन डलर १०९ रुपैयाँ १९ पैसामा खरिद र १०९ रुपैयाँ ६२ पैसामा बिक्री भइरहेको छ भने क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११० रुपैयाँ १२ पैसा रहेको छ।

सिंगापुर डलरको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ ९ पैसा रहेको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा रहेको छ।

साउदी रियालको खरिददर ४० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४० रुपैयाँ ४८ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७० पैसा रहेको छ।

यूएई दिरामको खरिददर ४१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३९ पैसा रहेको छ। मलेसियन रिङ्गिटको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४३ पैसा रहेको छ। दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ २८ पैसा र बिक्रीदर ११ रुपैयाँ ३२ पैसा रहेको छ।

यस्तै, थाई भाटको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, स्विडिस क्रोनर १५ रुपैयाँ ७६ पैसा र १५ रुपैयाँ ८२ पैसा, डेनिस क्रोनर २३ रुपैयाँ ५२ पैसा र २३ रुपैयाँ ६२ पैसा तथा हङकङ डलर १९ रुपैयाँ ३१ पैसा र १९ रुपैयाँ ३९ पैसा रहेको छ।

कुवेती दिनारको खरिददर ४९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७४ पैसा रहेको छ। बहराइन दिनारको खरिददर ४०१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४०३ रुपैयाँ १९ पैसा तथा ओमानी रियालको खरिददर ३९३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ८५ पैसा रहेको छ।

आजका प्रमुख विदेशी मुद्रा विनिमय दर:

  • अमेरिकी डलर: १५१.४२ / १५२.०२
  • युरो: १७५.८२ / १७६.५२
  • पाउन्ड: २०४.८२ / २०५.६३
  • कुवेती दिनार: ४९३.७९ / ४९५.७४
  • बहराइन दिनार: ४०१.६० / ४०३.१९
  • ओमानी रियाल: ३९३.२९ / ३९४.८५