लुसीफर शब्दले एकताका नेपालमा खुबै चर्चा पाएको थियो । वास्तविकतामा लुसीफरको अर्थ के हो भन्ने धेरैलाई थाहा न हुन सक्छ । यो लेखमा लुसीफर (Lucifer) शब्दको अर्थ के हो? भन्ने संक्षिप्तमा जान्ने प्रयास गरौं ।
लुसीफर शब्द ल्याटिन भाषाबाट आएको हो, जसको अर्थ हुन्छ — प्रकाश ल्याउने Light–brin वा बिहानी तारा (Morning Star)। प्राचीन रोमी समयमा यो शब्दले शुक्र ग्रह (Venus) लाई जनाउँथ्यो, जुन बिहान सबैभन्दा चम्किलो देखिन्छ । बाइबलमा लुसीफरको उल्लेख विशेषगरी Bible को Isaiah १४ः१२ मा पाइन्छ । त्यहाँ बिहानी तारा भनेर घमण्डी राजाको पतनको प्रतीकका रूपमा प्रयोग गरिएको छ ।
पछि ईसाई परम्परामा यसलाई एक उच्च दर्जाको स्वर्गदूत (Angel) जसले भगवान्को नियमसँग वा भगवान विरुद्ध विद्रोह गर्यो र स्वर्गबाट निकालियो भनेर व्याख्या गर्न थालियो । यस कारण, लुसीफरलाई धेरैले शैतान सँग जोडेर बुझ्छन् ।
के लुसीफर र शैतान एउटै हुन ?
धार्मिक मतअनुसार फरक–फरक धारणा छन् । धारणा व्याख्यामा परम्परागत ईसाई धारणा लुसीफर नै पछि शैतान बने भन्ने पनि छ । केही विद्वानहरूको धारणा लुसीफर मूलतः एक रूपक (metaphor) हो, शैतानसँग सीधा सम्बन्ध छैन । यहूदी धर्म लुसीफर भन्ने नाम खासै प्रयोग हुँदैन ।
इस्लाम धर्मको दृष्टिकोणमा पनि इस्लाममा लुसीफर शब्द प्रयोग हुँदैन । तर Iblis भन्ने पात्र छन्, जसले अल्लाहको आदेश नमानी आदमलाई सिज्दा गर्न अस्वीकार गरे । त्यसपछि उनी स्वर्गबाट निकालिए । त्यसैले धेरैले इब्लिसलाई नै शैतान मान्छन् । लुसीफरको चरित्रलाई धेरै साहित्य, चलचित्र र सिरिजहरूमा फरक–फरक रूपमा देखाइएको छ । Paradise Lost (लेखकः John Milton) मा लुसीफरलाई विद्रोही तर करिश्म्याटिक पात्रको रूपमा चित्रण गरिएको छ । लुसीफर नामक टिभी सिरिजमा उनलाई मानव रूपमा पृथ्वीमा बस्ने, अपराध समाधानमा सहयोग गर्ने पात्रका रूपमा देखाइएको छ ।
आजको समयमा लुसीफर शब्द विद्रोह (Rebellion), घमण्ड (Pride), स्वतन्त्र सोच (Free will), अन्धकार बनाम प्रकाशको संघर्ष जस्ता विषयहरूसँग जोडिन्छ । लुसीफर शब्दको मूल अर्थ हो प्रकाश ल्याउने । धार्मिक रूपमा पतित स्वर्गदूत / शैतानसँग जोडिएको पात्र, इस्लाममा इब्लिससँग समानता, साहित्य र पप–संस्कृतिमा फरक–फरक रूप र व्याख्या गरिएको पाईन्छ ।
लुसीफर वास्तवमै इतिहासमा थियो कि होइन? ऐतिहासिक प्रमाणको दृष्टिले भन्नुपर्दा इतिहास प्रमाण, अभिलेख, पुरातात्त्विक खोज र दस्तावेजमा आधारित हुन्छ । लुसीफर नामको कुनै वास्तविक ऐतिहासिक व्यक्ति (राजा, सैनिक, सन्त आदि) भएको प्रमाण भेटिँदैन ।
लुसीफर शब्द पहिलोपटक ल्याटिन भाषाको Bible (विशेषतः Isiah १४ः१२) को ल्याटिन अनुवादमा देखिन्छ । त्यहाँ यो शब्द बाबेलका घमण्डी राजाको पतन को प्रतीकका रूपमा प्रयोग गरिएको थियो । कुनै आध्यात्मिक दूतको नाम भनेर स्पष्ट उल्लेख छैन ।
त्यसैले इतिहासको आधारमा भन्नुपर्दा लुसीफर एक धार्मिक–सांकेतिक पात्र हो । ऐतिहासिक रूपमा प्रमाणित व्यक्ति होइन । लुसीफर र शैतानबीचको धार्मिक बहस, के लुसीफर नै शैतान हो? यो विषयमा ईसाई धर्मभित्र नै फरक–फरक मत छन् । परम्परागत ईसाई धारणा लुसीफर एक शक्तिशाली स्वर्गदूत थियो । उसले भगवान् विरुद्ध विद्रोह गर्यो र स्वर्गबाट निकालियो । पछि गएर शैतान बन्यो । यो धारणा मध्ययुगीन चर्च र साहित्यबाट बलियो बन्यो, विशेष गरी Paradise Lost (John Milton) को प्रभावले ।
आधुनिक बाइबलीय विद्वानहरूको धारणामा धेरै विद्वान भन्छन् इब्लिस १४ मा लुसीफर शब्द बाबेलका राजाको घमण्डको रूपक हो । मूल हिब्रु शब्द Helel ben Shahar थियो (अर्थः बिहानको तारा) पछि ल्याटिन अनुवाद गर्दा लुसीफर लेखियो, यस आधारमा उनीहरू भन्छन् लुसीफर र शैतान एउटै हुन् भन्ने व्याख्या पछि विकसित भएको हो, बाइबलको प्रत्यक्ष कथन होइन ।
यहूदी धर्ममा लुसीफर भन्ने नाम प्रयोग हुँदैन । शैतानलाई भगवानको विरोधी होइन, परीक्षण गर्ने दूतको रूपमा बुझिन्छ । इस्लाम धर्ममा इस्लाममा लुसीफर शब्द छैन । तर इब्लिस भन्ने पात्र छन । इब्लिसले आदमलाई सिज्दा गर्न अस्वीकार गरे । अल्लाहको आदेश नमान्दा स्वर्गबाट निकालिए पछि शैतान बने । तर यहाँ पनि लुसीफर भन्ने नाम छैन । यो क्रिश्चियन परम्परासँग सम्बन्धित शब्द हो ।
के लुसीफर वास्तविक दूत थियो? भन्ने धर्मशास्त्रीय (Theological) बहसको मुख्य बुँदामा परम्परागत चर्चका अनुसार हो, आधुनिक विद्वानका अनुसार रूपक मात्र हो ? के लुसीफर नै शैतान हो? परम्परागत मतका अनुसार हो, आलोचनात्मक अध्ययनका अनुसार स्पष्ट छैन । के यस लुसीफरलाई इतिहासले प्रमाणित गर्छ? इतिहासले प्रमाणित गर्दैन । मनोवैज्ञानिक र दार्शनिक व्याख्यामा केही दार्शनिकहरूले लुसीफरलाई अहंकार, विद्रोह, स्वतन्त्र इच्छा शक्ति, शक्तिको दुरुपयोग को प्रतीक मान्छन् ।
इतिहासको आधारमा लुसीफर वास्तविक प्रमाणित व्यक्ति होइन । धार्मिक परम्परामा धेरैले लुसीफर भनेको शैतान मान्छन् । आधुनिक अध्ययनमा लुसीफर मूलतः एउटा रूपक थियो, पछि शैतानसँग जोडियो ।