गोरखामा चन्दा असुलीको आरोपमा दुई जना पक्राउ

गोरखामा चन्दा असुलीको आरोपमा दुई जना पक्राउ

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका–१ बक्राङबाट चन्दा असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका–७ च्याङ्लीका ३८ वर्षीय अमृत सापकोटा र मोरङको मिक्लाजुङ गाउँपालिका–९ का ३८ वर्षीय राजकुमार माझी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का कार्यकर्ता भएको परिचय दिँदै स्थानीय रामलक्ष्मण सामुदायिक वनका सचिव रामबहादुर भुजेलसँग चन्दा मागेका थिए। चन्दा माग्ने क्रममा डर, धाक तथा धम्की दिँदै ज्यान लिनेसम्मको भाषा प्रयोग गरेको सूचना प्रहरीसमक्ष पुगेपछि उनीहरूमाथि निगरानी बढाइएको थियो।

२०८३ असोज ५ गते दिउँसो करिब १ बजे जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी सहायक निरीक्षक ईश्वर बाचे मगरको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई चन्दा असुली गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट २० हजार रुपैयाँ नगद, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को स्ट्याम्प छाप एक थान, रसिद प्याड दुई थान तथा ५० थान पर्चा/पम्प्लेट बरामद गरेको जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply