काठमाडौं । नेपाली चलचित्र ‘१२ गाउँ २’ को आधिकारिक टिजर सार्वजनिक भएको छ। टिजरमा अभिनेता विराज भट्टसँगै उदीयमान एक्सन अभिनेता समीर भट्टलाई पनि एक्सन भूमिकामा प्रस्तुत गरिएको छ।
चलचित्रमा अनूपविक्रम शाही र सुनील पोखरेल पनि प्रमुख भूमिकामा देखिनेछन्। सार्वजनिक टिजरले चलचित्रमा एक्सनलाई विशेष प्राथमिकता दिइएको संकेत गरेको छ।
विराज भट्टको उपस्थितिसँगै समीर भट्टको एक्सन अवतारले चलचित्रप्रति दर्शकको चासो थप बढाउने अपेक्षा गरिएको छ।
चलचित्र असोज ३० गतेदेखि नेपाली हलमा प्रदर्शनमा आउने तयारीमा छ।