भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित मैदानमा आज ‘एक्सट्रिम म्युजिक जात्रा ख्वपाः’ आयोजना हुँदैछ। दिउँसो १ बजेदेखि प्रवेशद्वार खुला गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा प्रवेशका लागि खाली एक्सट्रिम क्यान अनिवार्य गरिएको छ। कार्यक्रममा कुमासागर एन्ड द ख्वपाः, मुक्ति एन्ड रिभाइभल, निवा डंगोल, चाबही दाफा तथा नेवारी सांस्कृतिक नृत्यको प्रस्तुति रहनेछ।
संगीत र संस्कृतिको संगमका रूपमा आयोजना गरिएको कार्यक्रममा विभिन्न कलाकार तथा सांस्कृतिक समूहले प्रस्तुति दिनेछन्। कार्यक्रमबाट प्राप्त नाफाको ५० प्रतिशत रकम CBRO लाई प्रदान गरिने आयोजकले जनाएको छ।