‘पाँच पाण्डव’को पोस्टर सार्वजनिक, हरिवंशदेखि आर्यनसम्मको यस्तो देखियो जमघट

‘पाँच पाण्डव’को पोस्टर सार्वजनिक, हरिवंशदेखि आर्यनसम्मको यस्तो देखियो जमघट

काठमाडौं । आगामी नेपाली चलचित्र  ‘पाँच पाण्डव’ को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा नेपाली चलचित्रका चर्चित कलाकारहरूलाई प्रस्तुत गरिएको छ।

चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला लगायतका कलाकारको अभिनय रहने जनाइएको छ।

चलचित्रको सार्वजनिक पोस्टरपछि यसको कथावस्तु र कलाकारको भूमिकालाई लिएर दर्शकमाझ चासो बढेको छ।

‘पाँच पाण्डव’ आगामी कात्तिक २० गते अर्थात् नोभेम्बर ६ मा देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply