काठमाडौं । नेपाली चलचित्र ‘पञ्च पाण्डव’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ। प्रदर्शनको तयारी पूरा भएसँगै चलचित्रको अग्रिम टिकट बुकिङसमेत खुला गरिएको छ।
चलचित्रप्रति दर्शकको चासो बढाउने उद्देश्यसहित निर्माण पक्षले प्रदर्शनअघि नै टिकट बुकिङ खुला गरेको हो। दर्शकले आफ्नो अनुकूल समय र सिनेमा हल छनोट गरी अग्रिम टिकट लिन सक्नेछन्।
नेपाली चलचित्र क्षेत्रबाट नयाँ प्रस्तुति लिएर आउन लागेको ‘पञ्च पाण्डव’ ले प्रदर्शनसँगै दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ।