‘काँटे’का निर्देशक सञ्जय गुप्ताको ५७ वर्षको उमेरमा निधन

‘काँटे’का निर्देशक सञ्जय गुप्ताको ५७ वर्षको उमेरमा निधन

एजेन्सी । बलिउडका चर्चित फिल्म निर्माता तथा निर्देशक सञ्जय गुप्ताको ५७ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको खबर फिल्म निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार गुप्ताको अक्टोबर ३० मा मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो। उनी घरमा लडेर टाउकोमा चोट लागेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

गुप्ताले ‘काँटे’, ‘सुटआउट एट वडाला’, ‘काबिल’, ‘जिन्दा’ र ‘सुटआउट एट लोखण्डवाला’ लगायतका फिल्म निर्देशन गरेका थिए। अपराध, ग्याङ्स्टर र एक्सन कथालाई फरक शैलीमा प्रस्तुत गर्ने निर्देशकका रूपमा उनी हिन्दी सिनेमामा परिचित थिए।

पण्डितले गुप्ताको निधनप्रति दुःख व्यक्त गर्दै उनलाई जीवन्त व्यक्तित्व र समर्पित फिल्म निर्माता भनेर सम्झिएका छन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply