२० वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका दोषी पक्राउ, १० वर्ष ५ महिना कैद सजाय भुक्तान गर्नुपर्ने

२० वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका दोषी पक्राउ, १० वर्ष ५ महिना कैद सजाय भुक्तान गर्नुपर्ने

नवलपरासी । कर्तव्य ज्यान मुद्दामा १० वर्ष ५ महिना १७ दिन कैद सजाय तोकिएपछि करिब २० वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका–७, सूर्यपुरा निवासी ५७ वर्षीय वीरेन्द्र गुप्ता रहेका छन्।

नवलपरासी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा उनलाई १० वर्ष ५ महिना १७ दिन कैद सजाय हुने गरी फैसला भएको थियो। तर, फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी लामो समयदेखि फरार रहँदै आएका थिए।

फरार कसुरदारको खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले गुप्तालाई आफ्नै घर ठेगानामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका गुप्तालाई फैसला कार्यान्वयनका लागि नवलपरासी जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply