काठमाडौं उपत्यकामा २४ घण्टामा ५५७ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं उपत्यकामा २४ घण्टामा ५५७ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५५७ सवारीसाधनमाथि कारबाही गरिएको छ। ट्राफिक प्रहरीले सार्वजनिक गरेको दैनिक विवरणअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउनेदेखि तीव्र गति र ट्राफिक संकेत उल्लङ्घन गर्नेसम्मका गतिविधिमा संलग्न सवारीसाधन कारबाहीमा परेका हुन्।

२०८३ मंसिर २ गते बिहान ६ बजेसम्मको विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ५४ जना कारबाहीमा परेका छन्। त्यस्तै, सीसीटीभीमार्फत २९, ट्राफिक लाइट उल्लङ्घन गर्ने ३५ र तीव्र गतिमा सवारी चलाउने १२२ जनामाथि कारबाही गरिएको छ।

यसैगरी, अनावश्यक रूपमा हर्न बजाउने १०, लेनसम्बन्धी नियम उल्लङ्घन गर्ने दुई तथा लेनको अवस्था ठीक नभएका तीन सवारीसाधन कारबाहीमा परेका छन्। एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी चलाउने दुई र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ३०० सवारीसाधनमाथि पनि कारबाही गरिएको विवरणमा उल्लेख छ।

प्राप्त विवरणअनुसार तीव्र गति र अन्य नियम उल्लङ्घनका घटनामा कारबाही हुने सवारीसाधनको संख्या बढी देखिएको छ। ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले चालक तथा सवारी प्रयोगकर्ताले सडक नियम र संकेतको अनिवार्य पालना गर्न आवश्यक छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply