नोभेम्बर १९ मा विश्वभर सार्वजनिक हुँदै ‘GTA 6’

नोभेम्बर १९ मा विश्वभर सार्वजनिक हुँदै ‘GTA 6’

काठमाडौं । विश्वकै लोकप्रिय भिडियो गेममध्ये एक ‘ग्रान्ड थेफ्ट अटो’ (GTA) को छैटौँ संस्करण ‘GTA 6’ आगामी नोभेम्बर १९, २०२६ मा विश्वभर सार्वजनिक हुने भएको छ।

रकस्टार गेम्सले सार्वजनिक गरेको मितिअनुसार बिहीबारदेखि गेम विश्वका विभिन्न बजारमा उपलब्ध हुनेछ। लामो समयदेखि प्रतीक्षामा रहेका गेमप्रेमीका लागि नयाँ संस्करणको आगमनलाई विशेष रूपमा हेरिएको छ।

‘GTA 6’ को कथा अमेरिकाको काल्पनिक राज्य लियोनिडा र चर्चित सहर भाइस सिटीमा आधारित छ। यस संस्करणमा जेसन र लुसिया मुख्य पात्रका रूपमा प्रस्तुत हुनेछन्। उनीहरूको जीवन, अपराध र विभिन्न घटनाक्रममा आधारित गेमको कथा अघि बढ्नेछ।

नयाँ संस्करण प्लेस्टेशन ५ र एक्सबक्स सिरिज एक्स तथा एसका लागि उपलब्ध हुनेछ। सन् २०१३ मा ‘GTA 5’ सार्वजनिक भएपछि यसको अर्को संस्करणका लागि खेलाडीहरूले लामो समय प्रतीक्षा गरेका थिए।

करिब १३ वर्षपछि नयाँ संस्करण सार्वजनिक हुन लागेकाले ‘GTA 6’ विश्व गेमिङ बजारमा बहुप्रतीक्षित गेममध्ये एक बनेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply