मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित प्रहरी चेकपोस्टमा कारबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद भएको छ। बरामदपछि कार चालक फरार भएका छन्।
प्रहरीका अनुसार गए राति करिब १:४० बजे पालुङबाट भैँसेतर्फ आउँदै गरेको BAB ४४३१ नम्बरको कारलाई नियमित चेकजाँचका क्रममा रोकिएको थियो। कार रोकिएपछि चालकले डिकीमा केही सामान नभएको बताएर फरार भएका थिए।
त्यसपछि कारको डिकी खोलेर जाँच गर्दा साना तथा ठूला गरी ९ वटा पोका फेला परेका थिए। ती पोकामा रहेको गाँजा तौल गर्दा ११७ किलो ९१० ग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
फरार चालकको खोजी भइरहेको छ। बरामद कार र गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ भने घटनाबारे आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।