सुनचाँदीका गरगहना अर्डर गर्दा अब ७५ प्रतिशत रकम अग्रिम बुझाउनुपर्ने

सुनचाँदीका गरगहना अर्डर गर्दा अब ७५ प्रतिशत रकम अग्रिम बुझाउनुपर्ने

काठमाडौं । सुनचाँदीका गरगहना बनाउन अर्डर गर्ने ग्राहकले अब कुल रकमको ७५ प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने भएको छ। नेपाल रत्न तथा आभूषण संघले नयाँ व्यवस्था लागू गर्दै यसबारे व्यवसायी तथा ग्राहकलाई जानकारी गराएको हो।

सुनको मूल्यमा निरन्तर उतारचढाव भइरहँदा गरगहना अर्डर गरेर पछि रद्द गर्ने क्रम बढेको भन्दै संघले अग्रिम भुक्तानीको व्यवस्था ल्याएको जनाएको छ। यसबाट व्यवसायीले भोग्नुपरेको आर्थिक जोखिम कम हुने संघको अपेक्षा छ।

संघले जारी गरेको सूचनाअनुसार अर्डर गरिसकेपछि ग्राहकले कुनै कारणले रद्द गरी रकम फिर्ता मागेमा तयार भइसकेको वा निर्माणाधीन गरगहनाको ज्याला र जर्ती कट्टा गरिनेछ। त्यसपछि बाँकी रहने रकम मात्रै ग्राहकलाई फिर्ता गरिने व्यवस्था गरिएको छ।

विश्व बजारमा सुनको मूल्यमा देखिएको अस्थिरताका कारण अर्डर रद्द हुने प्रवृत्ति बढेको र यसले व्यवसायमा समस्या सिर्जना गरेको संघको भनाइ छ। कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नयाँ नियम ल्याइएको संघले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply