कैलाली, १२ चैत । प्रदेश नंं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले ल्याउने बजेटमा खुटिया स्याउले– दिपायल दु्रत मार्गलाई राष्ट्रिय गौरबको योजनामा समावेश गर्न पहल भइरहेको बताउनुभएको छ । धनगढी–स्याउले– दिपायल सडक संघर्ष समितिले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री भट्टले २०६६ सालदेखि शुरु भएको खुटिया दिपायल दु्रतमार्ग डोटी जिल्ला विकास समितिबाट पहिलो प्राथमिकतामा राख्ने व्यक्ति आफू नै भएको उल्लेख गर्नुभयो ।
संघर्ष समितिले मुख्यमन्त्री भट्टलाई बुझाएको ज्ञापनपत्रमा धनगढी– स्याउले– खुटिया सडक स्तरोन्नतिका लागि पटक पटक पहल गर्दा आश्वासनमा मात्र सीमित रहेको, एकले अर्को निकायलाई देखाई आफ्नो जिम्मेवारीबाट पन्छने गरेको, काममा कुनै प्रगति नभएको, सडक बिग्रँदै गई दुर्घटनाको जोखिम बढेकाले यथाशीघ्र स्तरोन्नति प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।
Add Comment