दाङ, चैत। विकासप्रेमी नेता खुमबहादुर खड्काको निधनले दाङ स्तब्ध भएको छ । दंगालीहरुले विकासप्रेमी नेतालाई गुमाएको अभिव्यक्ति दिएका छन् । खड्कालाई पार्टीमा जेसुकै भनिए पनि जिल्लाको विकास निर्माणमा उदार मनको नेता भएकाले सबैले उहाँको उच्च सम्मान गरेका छन् । “खुमबहादुर साँच्चै प्रजातन्त्रका योद्धा अनि जुधारु नेता पनि हुनुहुन्थ्यो, उहाँलाई गुमाउनुपर्दा धेरै
दुःख लागेको छ”– बयोवृद्ध दलबहादुर वलीले भन्नुभयो ।
प्रजातन्त्रका सेनानी तिलक डांगीले स्व खड्का निःस्वार्थ विकासप्रेमी नेता भएको बताउनुभयो, “जिल्लाको विकास, निर्माण र समृद्धिको काम गरेर कुशल संगठकका रुपमा पनि प्रजातन्त्रको कुशल नेतृत्व गुमाएका छौँ, प्रजातन्त्रका लागि अहोरात्र खट्ने, कुशल संगठनकर्ता, विकासप्रेमी नेता खड्काको निधनले एउटा विकासको नक्षत्र हो । ” स्व खड्काको जन्मथलो घोराही उपमहानगरपालिका–५ गाविस वडा नं ६स्थित भैसाप्रथा गाउँ शोकमा छ । स्थानीयवासी आफूहरुले मात्र नभएर देशले नै अभिभावक गुमाएको बताए विगतमा उहाँको नाम सुन्दा खुशीले प्रफुल्ल हुने स्थानीयवासीमा मृत्युको खबर सुन्दा अप्रत्यासित लागि रहेको स्व। खड्काका अभिभावक समेत रहनुभएका स्थानीयवासी सुरवीरसिंह वली बताउनुभयो । “खुमबहादुरको उपचारको क्रममा मृत्यु भएको सबैले सुनाउँछन्, तर मलाई विश्वासै लाग्दैन”, खड्कासँगै बाल्यकाल बिताउनुभएका उहाँले भन्नुभयो ।
“पहिले गाउँमा सडक थिएन, खानेपानीका लागि एक घण्टा हिँडेर जानुपथ्र्यो, तर खुमबहादुर मन्त्री भएको बेलामा गाउँमा कुवा बनाइदिनुभयोे, बिजुली बत्ती ल्याइदिनुभयो, सडक र सिँचाइको व्यवस्थासमेत गरिदिनुभयो” स्थानीय केशरबहादुर केसीले भन्नुभयो । त्यस्तै खड्काको निधनसँगै उहाँको गृह गाउँ लमही नगरपालिका–८ सतवरिया शोकमा डुबेको छ । काँग्रेस समर्थकलाई मात्र होइन सबै पार्टीप्रति आस्था राख्ने सबै दुखी बनेका खड्काको निधनमा । खड्का काँग्रेसका नेता मात्र होइन जिल्लाको विकासको सारथी नै हुनुहुुन्थ्यो । “सबैको साझा नेता खड्कालाई हामीले गुमाएका छाँै, आफ्नो अभिभावक गुमाएको पीडा शब्दमा उतार्न सकिँदैन” लमही नगरपालिका–८ का वडा अध्यक्ष मेघनारायण चौधरीले भन्नुभयो । गाविस–६ मा जन्मेका खड्काको कर्मथलो सतवरिया हो । सतवरियामा रहेको उनको घरमा शनिबारदेखि सन्नाटा छाएको छ ।
सभापति देउवाद्वारा नेता खड्काप्रति श्रद्धाञ्जलि : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर उहाँको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि अर्पण गर्नुभयो । काँग्रेस केन्द्रीय सदस्य, पार्टीका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षका उमेरमा निधन भएको हो । उहाँ मिर्गौला र छातीको संक्रमणबाट पीडित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीर शनिबार राति नेपाल ल्याई सानेपास्थित उहाँकै निवासमा राखिएको छ । यसअघि आज बिहान काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा प्रकाशशरण महत, डा शेखर कोइरालालगायतले सानेपा पुगी नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बिहानैदेखि उहाँको निवासमा काँग्रेसका सयौंँ नेता कार्यकर्ताको ठूलो भीड लागेको छ । उहाँको पार्थिव शरीर आज अपराह्न १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा दासंस्कार गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
सभामुख महराद्वारा स्व खड्काप्रति श्रद्धाञ्जलि : सभामुख कृष्णबहादुर महराले नेपाली काँग्रेसका नेता स्व खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । सानेपास्थित निवासमा पुगेर खड्काको पार्थिव शरीरमाथि फूलमाला अर्पण गरी सभामुख उहाँले श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । सभामुख महराले खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको शोक पुस्तिकामा पनि हस्ताक्षर गर्नुभएको भयो । श्रद्धाञ्जलिपछि परिवारजनसँग कुरा गर्दै उहाँले केही समयअघि खड्कासँग नियमित भेटघाट तथा कुराकानी हुँदै आएकामा पछिल्लो पटक एक महिनाअघि मात्रै भेटघाट भएको उल्लेख गर्दै सभामुख महराले खड्काको निधनले आफूलाई निकै दुःखी बनाएको बताउनुभयो । श्रद्धाञ्जलि दिन निवास पुग्नुभएका काँग्रेस नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला, शंकर भण्डारीलगायतलाई पार्टीका तर्फबाट परिवारजनलाई विशेष सहयोग गर्न र ख्याल पु¥याउन सभामुख महराले आग्रहसमेत गर्नुभएको थियो ।
Add Comment