काठमाडौं, २९ वैशाख । भगवान शिवका १२ ज्योतिर्लिंहरु मध्य केदारनाथ को स्थान पांचौमा पर्छ । शिवपुराणका अनुसार यो स्थानमा कुनैबेला भगवान विष्णुका अवतार महातपस्वी नर र नारायण ऋषि तपस्या गर्द थे । नर र नारायण ऋषिको आराधनाबाट प्रसन्न भएर भगवान शिव प्रकट भए र ज्योतिर्लिंगको रूपमा यो स्थानमा अवतरित भएका थिए ।
वर्तमानमा यो ज्योतिर्लिंग भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयाग जिल्लामा रहेकोछ । प्रतिकूल जलवायु हुने हुनाले यो केदारनाथ ज्योतिर्लिंग मंदिर अप्रैल देखि नवंबरको समयमा दर्शका लागि खुल्ने गर्छ । यो वर्षमा पनि केदारनाथ मंदिर आज २९ अप्रैल आईतबार देखि सबै दर्शनार्थिहरु लागि खुल्नेछ ।
मंदिरको स्वरूप : केदारनाथ मंदिर छह फीट अग्लो चौकोर आकारको स्थानमा बनेको छ । मंदिरमा मुख्य भाग मण्डप र गर्भगृहका चारैतिर प्रदक्षिणा पथ बनेको छ । बाहीर प्रांगणमा नंदीको प्रतिमा रहेको छ । मंदिरको निर्माण कसले गराएको भन्ने बारे यसको कुनै प्रामाणिक उल्लेख भएको पाईदैन तर यस्तो पनि भनिन्छ यो स्थानको स्थापना आदिगुरु शंकराचार्यद्वारा गरिएको हो ।
दर्शनको समय : केदारनाथ मंदिर सबै दर्शनार्थिहरुका लागि बिहान ६ बजे देखि मन्दीर खुल्छ र दिउस ३ देखि छ बजेसम्म विशेष पूजा हुने गर्छ त्यसपछि विश्रामका लागि मंदिर बंद गरिन्छ । यसपछि बेलका ६ बजेदेखि मंदिरको ढोका खुल्छ । रात्री ८ः ३० बजे पछि मंदिर बंद गरिन्छ ।
कसरी जाने या पुग्ने : सड़क मार्गबाट जानेहो भने भारतको ऋषिकेश, हरिद्वार या देहरादून भएर केदारनाथ पुग्न सकिन्छ । यी सहरबाट कार या बस सेवा सहज रुपमा उपलब्ध हुन्छन् । या भारतको राजधानी दिल्ली भएर रेल मार्गबाट पनि जानसकिन्छ । दिल्लीबाट रेलमार्गबाट जाँदा चार या पाँच घण्टाको समयावधिमा केदारनाथ मंदिर पुग्न सकिन्छ ।
Add Comment