काठमाडौँ, जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताउनुभएको छ । सभापति देउवाले नेपाल प्रेस युनियनको २७ औंँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै लोकतन्त्रको अर्काे पर्याय प्रेस भएको बताउँदै प्रेसलाई धम्काउने, थर्काउने र अधिनायकवादका पक्षमा प्रयोग गर्न प्रेसलाई अधिनायकवादका पक्षमा जबरजस्ति गरे काँग्रेस सडकमा जान्छ : देउवा गरे काँग्रेस त्यसका विरुद्ध सडकमा उत्रने चेतावनी दिनुभयो । उहाँले चुनावमा कसैले जित्नु र हार्नु स्वाभाविक भएको बताउँदै काँग्रेस पराजयलाई रचनात्मक धक्काका रुपमा स्वीकार्दै पार्टीको सुदृढीकरण र नवनिर्माणका लागि अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कहीँ कतैबाट प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने कार्य देखिएमा सिंगो काँग्रेस सडकमा उत्रने बताउनुभयो । उहाँले लोकतन्त्र, समावेशिता, संघीयता र नयाँ संविधान कार्यान्यनका पक्षमा काँग्रेस सदैव क्रियाशील हुने बताउँदै ट्रेड युनियनलाई बचाउन युनियन सदैव क्रियाशील हुनुपर्ने धारणा राख्नुभयो । काँग्रेसका उपसभापति विमलेन्द्र निधिले २७ वर्ष पहिले १७ पत्रकार मिलेर गठन भएको युनियन प्रजातान्त्रिक पत्रकारको साझा संस्था भएको बताउनुभयो । उहाँले संघीयता, समावेशिता, संविधान कार्यान्यवनमा भन्दा पार्टीको कामलाई पहिलो प्राथमिकतामा राखी छिमेकीलाई खुशी राख्न सरकार लागिपरेको आरोप लगाउँदै सस्तो लोकप्रियता सरकारको पहिलो काम भएको बताउनुभयो । काँग्रेसका महामन्त्री डा शशांङ्क कोइरालाले आफ्नो चिन्ता पार्टी एकता मात्र भएको बताउनुभयो ।
Add Comment