Uncategorized

महाकालीमा साहसिक जलयात्राका लागि अध्ययन

कञ्चनपुर, १४ जेठ । भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (¥याफ्टिङ)का लागि सम्भाव्यता अध्ययनको कार्य गरेको छ । महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । यसका लागि नगरपालिकाले ¥याफ्टिङ कम्पनीबाट सम्भाव्यता अध्ययन गराएको छ ।

महाकाली नदीको बहुप्रयोग योजना अन्तर्गत भीनपा–९ मा ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । गत वर्षको स्थानीय तह निर्वाचनमा महाकाली नदीको बहुप्रयोग भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको चुनावी एजेण्डा थियो । नगर प्रमुख विष्टले नदीको बहुप्रयोगको एजेण्डाअनुसार ¥याफ्िटङ सञ्चालनका लागि तयारी अघि बढाएका हुन् । नगर प्रमुख विष्टले धार्मिक पर्यटनलाई मध्यनजर गरी ब्रह्मदेवदेखि भित्री मधेशको फर्सवानसम्म ¥याफ्टिङ सञ्चालन गरिने बताउनुभयो ।
भीनपाले पर्यटन मन्त्रालयलाई ¥याफ्टिङ सञ्चालन सहयोगका लागि यसअघि नै पत्र पठाएको थियो । कैलालीको कर्णाली ¥याफ्टिङ एण्ड एडभेन्चर प्रालि भीनपाको सहयोगमा ¥याफ्टिङ सञ्चालनका लागि इच्छुक देखिएको छ । कम्पनीका सञ्चालक देवराज जैशीले भारतीय कम्पनीसित सहकार्य गरी छिट्टै ¥याफ्टिङ सञ्चालनको तयारी गरिने बताउनुभयो । “महाकाली नदी ¥याफ्टिङका लागि उपयुक्त गन्तव्य हो, यहाँ त्रिशूली नदीभन्दा पनि राम्रो रहेको कम्पनीका सञ्चालक जैसीले बताउनुभयो ।
जैसीको कम्पनीले अहिले कर्णाली, भेरी, सेती, सानो भेरी, ठूलो भेरी, हुम्ला कर्णाली, डोल्पा कर्णाली, त्रिशूली नदीमा ¥याफ्टिङ सञ्चालन गर्र्दै आएको छ । ब्रह्मदेव उत्तरको गाउँ मुसेट्टी नजिक त्रिशूलीबाट तीन वटा ¥याप गरी ब्रह्मदेवसम्म पुग्न सकिने जैसीले बताउनुभयो । महाकाली नदीको मौनताको दृष्य समेत पर्यटकलाई देखाउने गरी ¥याफ्टिङको तयारी गरिएको हो । महाकाली नदीमा फिसिङका लागि विदेशी आउने गरेका छन् । सरकारले महाकालीसहित सेती र कर्णालीमा ¥याफ्टिङका लागि अनुमति दिएको छ ।