Home » Sample Page » अनुकुल मौसममा दैनिक १५० सम्म जाने फोहोर बोक्ने सवारी अहिले दैनिक बढीमा ६० वटा सवारी गइरहेका
विविध

अनुकुल मौसममा दैनिक १५० सम्म जाने फोहोर बोक्ने सवारी अहिले दैनिक बढीमा ६० वटा सवारी गइरहेका

काठमाडौँ । अहिले ओखरपौवा ल्याण्डफिल साइटमा कहिले ५० वटा त कहिले ६० वटा फोहोर बोक्ने सवारी साधन पुग्ने गरेका छन् । महानगरको वातावरण व्यवस्थापन विभागकाअनुसार सामान्य अवस्थामा फोहोर बोकेका १५० वटासम्म सवारी दैनिक साइटमा पुग्ने गरेका थिए । यसले गर्दा सहरको फोहोर संकलन र ढुवानीमा असहज भएको छ ।

‘फोहोर व्यवस्थापनको असहजताका लागि धेरै कारण छन् । बञ्चरे डाँडाको दीर्घकालीन ल्याण्डफिलको पूर्वाधार निर्माण गरेर महानगरलाई हस्तान्तरण भएको भए अहिलेको समस्या आउने थिएन । त्यो पनि निर्माण सम्पन्न हुन सकेको छैन ।’ महानगरका प्रमुख विद्यासुन्दर शाक्य भन्छन्, ‘अहिले काठमाडौँ उपत्यकासहित ल्याण्डफिल साइटमा फोहोर पु¥याउनु पर्ने सबै सहरमा कम फोहोर उठेको छ । तर, यसको दोष र दायित्वचाहिँ महानगर एक्लैले व्यहोर्नु परेको छ । यो समस्या समाधानका लागि प्रदेश र संघ सरकारको समान सहयोग चाहिएको छ ।’

बर्खायाम छ । फोहोर व्यवस्थापन हुने ठाउँमा पुग्न फोहोरमै बनाइएको बाटोबाट जानु पर्छ । यहाँ गाडी उक्लिन सकेनन् । यहीकारण कम सवारी गएका हुन् । वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले असजिलोका विषयमा जानकारी दिएका थिए ।