अन्तराष्ट्रिय

पकिस्तान : शुक्रबार नमाजको समयमा मस्जिदमा विष्फोटस ५६ जनाको मृत्यु, १९० भन्दा बढी घाइते

इस्लामाबाद, पाकिस्तान । पाकिस्तानको पेशावरमा शुक्रबारको नमाज पढ्दा फिदाइन आक्रमण भएको छ । विस्फोटमा ५६ नमाजीको मृत्यु भएको छ भने १९० भन्दा बढी घाइते भएका छन् । १० जनाको अवस्था गम्भीर छ । पेशावरको कोचा रिसालदार क्षेत्रको किस्सा ख्वानी बजारमा रहेको शिया मस्जिदमा विस्फोट भएको हो । आक्रमणको समयमा मस्जिदमा करिब १५० जना मानिस उपस्थित थिए ।

पेशावर प्रहरीका अनुसार दुई आक्रमणकारीले सहरको किस्सा ख्वानी बजारमा रहेको मस्जिदमा प्रवेश गर्ने प्रयास गरेका थिए । रोकेपछि उनीहरुले त्यहाँ उभिएका प्रहरीमाथि गोली प्रहार गरेका थिए । त्यस क्रममा एक प्रहरीको मृत्यु भएको थियो भने एक आक्रमणकारी पनि मारिएका थिए । गोली लागेर अर्का एक प्रहरी गम्भीर घाइते भएका थिए ।

उद्धार टोलीले घाइतेलाई लेडी रिडिङ अस्पतालमा भर्ना गरेको छ । स्थानीयले पनि घाइतेलाई मोटरसाइकल र कारमा राखेर अस्पताल पुर्याएका थिए । घटनापछि प्रहरी र सुरक्षा टोलीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ । लेडी रिडिङ अस्पतालका प्रवक्ताले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताएका छन् ।
आक्रमणकारी मध्ये एकले कालो पोशाक लगाएको थियो । उनले मस्जिदको मुख्य हलमा प्रवेश गरी आफूलाई विस्फोट गराए । त्यसपछि जताततै शव र घाइते मानिसहरु थिए । हल नमाजमा आएकाहरुले भरिएको थियो । आक्रमणको समयमा त्यहाँ उपस्थित रहेका एक प्रत्यक्षदर्शीले पाकिस्तानी मिडियालाई बताए ।
मस्जिद भीडभाड भएको क्षेत्रमा भएकाले उद्धार टोलीलाई घटना स्थलसम्म पुग्न कठिनाइ भएको थियो । जसका कारण सर्वसाधारणले घाइते नमाजीलाई मोटरसाइकलबाट अस्पताल पु¥याएका थिए ।

आक्रमणको निन्दा गर्दै प्रधानमन्त्री इमरान खान नियमजीले घाइतेहरुलाई तत्काल स्वास्थ्य सुविधा उपलब्ध गराउने बताएका छन् । इमरानले सम्बन्धित अधिकारीहरूसँग घटनाको रिपोर्ट पनि मागेका छन् ।