अन्तराष्ट्रिय

पाकिस्तानका नयाँ प्रधानमन्त्री बने शाहबाज सरिफ, आज राति ८ बजे सपथ ग्रहण

इस्लामाबाद, पाकिस्तान । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पीएमएल–एनका प्रमुख शाहबाज सरिफ निर्वाचित भएका छन् । पाकिस्तानको नेशनल एसेम्बलीमा भएको मतदानमा शाहबाजले १७४ मत पाएका थिए । योसँगै विपक्षी उम्मेदवार शाह महमूद कुरैशीले एक मत पनि पाएनन् ।
मतदानअघि इमरान खानको पार्टी पीटीआईले सबै सांसदको राजीनामाको घोषणा गर्दै सदन बहिष्कार गरेका थिए । यस अवधिमा राष्ट्रिय सभाको अध्यक्षता अयाज सादिकले गरेका थिए ।

पाकिस्तानी संसदमा भएको मतदानमा प्रधानमन्त्री निर्वाचित शाहबाज सरिफले आज राति ८ बजे सपथ लिनेछन् । यस अवधिमा पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले शाहबाज सरिफलाई पद तथा गोपनीयताको सपथ गराउनेछन् । संसदमा शाहबाज सरिफको विजयको घोषणा हुनासाथ विपक्षी दलहरूले नाराबाजी गरेका थिए ।