अन्तराष्ट्रिय

राष्ट्रिय सभामा इमरान खान विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, सदन ३१ मार्चसम्मका लागि स्थगित

इस्लामाबाद, पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध विपक्षी दलले आज राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव पेश गरेको छ । यसपछि सदनको कारवाही ३१ चैत दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री शेख रसिदले आज सदनमा अविश्वासको प्रस्ताव पेश भएपछि मार्च ३१ मा मतदान गर्न सकिने बताए । यसअघि उनले वैशाख ४ गते मतदान गर्ने कुरा गरेका थिए । पाकिस्तानमा अविश्वास प्रस्तावको ३ दिनपछि र ७ दिन अगाडि मतदान हुन्छ ।

समाचारका अनुसार, इमरान सरकार ढल्ने निश्चित छ । खानलाई पाकिस्तानी संसदमा बहुमतका लागि १७२ सांसद चाहिन्छ, तर लगभग ३९ सांसदहरूले उनिलाई लगभग छाडि सकेका छन् । सदनमा अविश्वासको प्रस्ताव आउनुअघि नै उनले पदबाट राजीनामा दिन सक्ने बताइएको छ । तर, यसबारे अझै सस्पेन्स भने कायमै छ ।

राती ९ बजेको समाचार अनुसार केन्द्रमा आफ्नो सरकार बचाउनका लागि इमरानले देशको सबैभन्दा ठूलो प्रान्तमा आफ्नो पार्टीका मुख्यमन्त्रीलाई हटाएर गठबन्धन छाड्ने सहयोगीलाई कुर्सी दिएका छन् । अर्कोतर्फ विपक्षी गठबन्धन पाकिस्तान डेमोक्रेटिक फ्रन्ट (पीडीएम) ले नयाँ सरकारका लागि प्रधानमन्त्रीका लागि शाहबाज शरीफको नाम छनोट गरेको छ ।
अब भने इमरानले कुर्सी बचाउन नसक्ने लगभग पक्का भइसकेको छ । यसका दुईवटा कारण छन्। पहिलो– गठबन्धन र आफ्नै दलका करिब ३९ सांसद औपचारिक रूपमा छाडेका छन् । दोस्रो– अहिले सम्म सहयोग गर्दै आएको सेनाले पनि खानबाट मुक्ति पाएको छ ।