न्यूयोर्क । न्यूयोर्कको बु्रकलिनस्थित ३६औं स्ट्रीट सबवे स्टेशनमा मंगलबार बिहान एक आक्रमणकारीले मानिसमाथि गोली चलाएको छ । यस आक्रमणमा १३ जना घाइते भएका छन् । आक्रमणपछि आक्रमणकारी फरार भएका छन् । घटनास्थलको एउटा तस्बिरले स्टेशनको भुइँमा लडिरहेका रगतले लतपतिएका यात्रुहरूको हेरचाह गरिरहेको देखाएको छ । दमकल विभागले घटना स्थलमा आवतजावत बन्द गरेको छ । यस घटनाको जानकारी राष्ट्रपति जो बाइडेनलाई पनि दिइएको छ।
न्यूयोर्क प्रहरीले सबवे स्टेशनमा भएको गोलीकाण्ड आतंकवादी घटना नभएको स्पष्ट पारेको छ । प्रहरीले गोली प्रहारको दृष्टिकोणबाट अनुसन्धान गरिरहेको छ । आक्रमणकारी अझै पक्राउ परेका छैनन् । प्रहरीले आक्रमणकारीले थप आक्रमण गर्न सक्ने आशंका व्यक्त गरेको छ ।
वरिष्ठ अधिकारीहरूका अनुसार लगभग ५ फिट ५ इन्च अग्ला र १८० पाउण्ड भएकाका एक आक्रमणकारीले गोली हानेका थिए । आक्रमणकारीले ग्यास मास्क लगाएका थिए र निर्माण कार्यमा लगाउने सुन्तला रंगको लुगा लगाएका थिए । उनी घटनास्थलबाट फरार भएका र पक्राउ परेका छैनन् । भागदौडमा आक्रमणकारीले पाँच जनालाई गोली हानेका छन् भने आठ जना घाइते भएका छन् । भिडियोमा ठूलो आतंक मच्चिएकोे र यात्रुहरू यता–उता दौडिरहेको देखिन्छ ।
दमकल विभागले स्टेशनमा धुवाँ उठेको कललाई प्रतिक्रिया दिएको तर बन्दुकको गोली लागेका धेरै व्यक्तिहरू फेला पारेको बताएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरहरूले भुइँमा रगतले लतपतिएको देखाइएको छ । सिटिजन एपको फुटेजले घटनास्थलमा ठूलो संख्यामा प्रहरी अधिकारीहरू देखाएको छ । केही घाइतेले आफ्नो ज्यान बचाउन अर्को रेलमा हाम फालेको समेत स्रोतले बताएको छ ।
योर्कवासीहरूलाई उक्त क्षेत्रमा जानबाट जोगिन र आपतकालीन सवारीसाधनहरू आइपुग्न लागेको सूचित गरेको छ । ५९ स्ट्रीट देखि अटलांटिक एवेन्यूसम्म एन/आर लाईन बिजुली काटिएको थियो र बी, डी, एफ, एन, क्यू लाईनहरूमा ढिलाइ भएको रिपोर्ट गरिएको छ । डब्ल्यूसेवा बन्द छ । न्यूयोर्क शहर प्रहरी विभाग एनवाईपीडीले यस समयमा कुनै सक्रिय विस्फोटक उपकरणहरू नभएको बताएको छ । साक्षीहरूलाई ८००५७७ टिप्समा एनवाईपीडी क्राइम स्टापर्सलाई कल गर्न भनिएको छ । वरिष्ठ अधिकारीहरूका अनुसार मेट्रो स्टेशनमा भएको गोलीबारीमा कम्तीमा १३ जना घाइते भएका छन् र धेरै गैर–विस्फोटक उपकरणहरू बरामद गरिएको छ ।
यस वर्ष न्यूयोर्क शहरमा गोलीबारी बढेको छ र मेयर एरिक एडम्सले जनवरीमा पदभार ग्रहण गरेपछि हिंसात्मक बन्दुक अपराध बढेको छ । प्रहरी विभागको तथ्यांकअनुसार वैशाख ३ गतेसम्म गत वर्षको सोही अवधिमा २ सय ६० वटा गोलीकाण्डका घटना बढेर २९६ पुगेको छ । २०१८ र २०१९ मा बन्दुक हिंसामा ऐतिहासिक कमी आएको थियो ।
Add Comment