अन्तराष्ट्रिय

युक्रेनको मलमा रुसद्वारा मिसाइल आक्रमण १६ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

कीव । रुस र युक्रेनबीच युद्ध अझै जारी छ । यसै क्रममा रुसको मिसाइल आक्रमणका कारण युक्रेनको मलमा भीषण आगलागी भएको थियो, जसका कारण १६ जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएका समाचार एजेन्सी एएफपीलाई गर्भनरले जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ । युक्रेनका समाचारका अनुसार हवाई हमलाको समयमा पहिलो १,००० मानिस मलमा थिए ।

रुसले युक्रेनको युद्ध केन्द्रबाट टाढा रहेको ठाउँलाई निशाना बनाएको छ । रुसको आक्रमणको पश्चिमी प्रतिक्रियालाई समन्वय गर्न जर्मनीमा भएको शिखर सम्मेलन जी–८ मा नेताहरू भेला भइरहेका बेला आक्रमण भएको हो । बेलायतको पीए समाचार एजेन्सीले रिपोर्ट गरेको अनुसार उक्त बैठकमा आक्रमणले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको “क्रुरूरता र बर्बरताको गहिराई“ देखाएको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताए । युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले ट्वीट गर्दै रुसलाई मानवतामाथिको कलंक भनेका छन् । “क्रेमेन्चुकमा सयौं नागरिकहरू भएको ठूलो सपिङ मल रूसी आक्रमणबाट प्रभावित भएको छ ।