काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयुक्त स्थानीय तह निर्वाचनका लागि बैंशाख ८ गते देशभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने बताउदै निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरेका छन् । मंगलबार आयोगले आयोजना गरेको मिडिया अन्तक्र्रिया कार्यक्रममा आयोग स्वच्छ र निष्पक्ष निर्वाचन गर्न तयार रहेको बताउँदै आयुक्त थपलियाले भएरहित वातावरणमा बैशाख ३० मा नै सम्पन्न हुने बताएका हुन् ।
प्रमुख थपलियाले दलहरुको सुझावकै आधारमा मनोनयनका लागि दुई दिन छुट्टाइएको र आफ्ना उम्मेदवारहरुको प्रचार–प्रसारको अवधि पनि प्रयाप्त रहेको बताए । यसपटकको निर्वाचनमा अघिल्लो स्थानीय निर्वाचनमा भएका कमीकमजोरीलाई पनि सच्चाएर आयोग अघि बढेको बताए ।
आयोगले जारी गरेको आचारसंहिता कार्यान्वयनमा निर्वाचनमा भाग लिने दलहरुले प्रतिवद्धता जनाएको र यसको पालना गर्नु सबै नागरिकहरुको दायित्व भएको समेत बताए । आफ्नो दायित्व र परिक्षा आफै लिएर निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै दलहरुलाई, सञ्चारमाध्यम र नागरिकहरुलाई सुझाव दिए ।
Add Comment