काठमाडौं । सन् २०११ मा मिस नेवाको ताज पहिरिएकी डंगोललाई स्थानिय निर्वाचनमा नेकपा एमालेले काठमडौं महानगर पालिकामा उपमेयरका लागि उम्मेदवार घोषणा गरेको छ । संघीय राजधानी काठमाडौको मेयरमा सधैं चर्चामा रहेका केशव स्थापितलाई एमालेले उम्मेद्वार बनायो । तर उपमेयरकी उम्मेद्वार सुनिता डंगोलको नाम कमैले मात्र सुनेका थिए ।
सन् २०११ मा मिस नेवाको ताज पहिरिएकी डंगोल नेपाल र नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले रञ्जना लिपीलाई विश्वभर फैलाउन भूमिका खेलिरहेकी अभियन्ता पनि हुन । जापान, कोरिया, जर्मनलगायत एक दर्जन बढी देशहरुको भ्रमण गरेकी उनले काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवारीको घोषण गरेकी थिइन् । केही समय अघि आफूसँग काठमाडौँ शहरको विकासको योजना रहेको भन्दै उनले उमेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकि थिइन् । अन्ततः एमालेबाट काठमाडौँको उपमेयरको उम्मेदवार बनेकि छिन् ।
Add Comment