मुख्य समाचार

नेकपा एमालेद्वारा साउन १६ मा महंगीबिरुद्ध आन्दोलन गर्ने तयारीमा

काठमाडौं । एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैैठकमा महासचिव शंकर पोखरेलले साउन १६ गते आयोजना गरिएको जनप्रदर्शनमा कम्तीमा ४० हजार मानिस सहभागी गराउने गरी सिंगो शक्तिपरिच उपत्यकास्थित पार्टी कमिटी र जनसंगठनलाई निर्देशन दिएका छन् । सिंगो शक्ति परिचालन गरी बढीभन्दा बढी जनतालाई सडकमा ल्याउन सवै जनसंगठन र उपत्यकाभित्र रहेका सवै पार्टी कमिटीले बिशेष ध्यान दिनुपर्नै महासचिव पोखेलले बताए ।

आन्दोलन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले साउन १६ को जनप्रदर्शन बिशेष रहेकोले उपत्यकाका सवै जनतालाई उतार्न अभियान चलाइएको बताए । नेकपा एमालेले महंगी र भ्रष्टाचारबिरुद्ध साउन १६ गते काठमाडौंमा मानवसागर उतार्ने गृहकार्य भईरहेको छ ।