अन्तराष्ट्रिय

सोमालियाको शिक्षा मन्त्रालय बाहिर दुई कारमा विस्फोट, १०० जनाको मृत्यु ३०० भन्दा बढी घाइते

मोगादिसु सोमालियाको राजधानी मोगादिसुको शिक्षा मन्त्रालयबाहिर विस्फोट भएको शनिबार भएको उक्त विस्फोटमा अहिलेसम्म सय जनाको मृत्यु भइसकेको तीन सयभन्दा बढी घाइते भएका छन् अहिलेसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन तर राष्ट्रपति हसन शेख मोहम्मदले इस्लामिक आतंकवादी समूह अल शबाबलाई आक्रमणको आरोप लगाएका छन् लिस अफिसर सादिक दुडिसीका अनुसार सोमालियाको शिक्षा मन्त्रालय बाहिर दुईवटा कारमा विस्फोट भएको थियो दुर्घटनामा महिला, वृद्धसहित केही बालबालिकाको मृत्यु भएको एक पत्रकारको पनि मृत्यु भएको उनको पहिचान मोहम्मद इस्से कोनाको रुपमा भएको

प्रहरी अधिकृत नूर फराहीले भनेपहिलो विस्फोट मन्त्रालयबाहिर पार्किङ गरिएको कारमा भएको थियो सहयोग गर्न छिमेकीहरु जम्मा भए एम्बुलेन्स उद्धार टोली घटनास्थलमा पुगेपछि अर्को कारमा विस्फोट भएको थियो घटनास्थलमा उपस्थित एक घाइतेका अनुसार विष्फोटस्थलबाट करिब १०० मिटर टाढा थिएँ दोस्रो विस्फोटपछि धुवाँको मुस्लो देखिएको थियो केही बेरपछि सडकमा शव मात्रै देखियो चारैतिर रगत नै देखियो

सन् २०१७ मा सबैभन्दा खतरनाक विस्फोट भएको त्यही क्षेत्रमा विस्फोट भएको थियो त्यो अवधिमा ५०० जनाको मृत्यु भएको थियो त्यहाँ नजिकै धेरै सरकारी कार्यालय रेस्टुरेन्टहरू थिए, जुन ध्वस्त भएका थिए । त्यस्तै अक्टोबर २४ मा किसामायो शहरको एउटा होटलमा आतंकवादी हमला भएको थियो आक्रमणमा जनाको मृत्यु भएको थियो ४७ जना घाइते भएका थिए सन् २०२२ को अगस्टमा यस्तै आतंकवादी हमला भएको थियो अगस्ट २१ मा सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा आतंककारीहरूले प्रवेश गरी गोली चलाएको थियो २० जनाको मृत्यु भएको थियो । सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदले इस्लामिक आतंकवादी समूह अलशबाबलाई आक्रमणको आरोप लगाएका छन्, ‘हाम्रा जनताको हत्या गरिएको उनीहरूले महिला, बालबालिका धेरै परिवारको ज्यान लिए

अलशबाब एक आतंकवादी संगठन हो यसको उद्देश्य २०१७ मा बनेको सोमालिया सरकारलाई पराजित गर्नु हो अलशबाब आतंकवादी समूहको जन्म सन् २००६ मा भएको थियो उनी साउदी अरेबियाको वहाबी इस्लामलाई पछ्याउँछन् मोगादिसु सहर युनियन अफ इस्लामिक कोर्ट, शरिया अदालतहरूको संगठनको नियन्त्रणमा थियो यसको प्रमुख सरिफ शेख अहमद थिए सन् २००६ मा इथियोपियाली सेनाले संगठनलाई पराजित गर्यो अलशबाबको जन्म भयो अलशबाब इस्लामिक अदालतहरूको संघको कट्टरपन्थी शाखा हो