मोगादिसु । सोमालियाको राजधानी मोगादिसुको शिक्षा मन्त्रालयबाहिर विस्फोट भएको छ । शनिबार भएको उक्त विस्फोटमा अहिलेसम्म १ सय जनाको मृत्यु भइसकेको छ । तीन सयभन्दा बढी घाइते भएका छन् । अहिलेसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन । तर राष्ट्रपति हसन शेख मोहम्मदले इस्लामिक आतंकवादी समूह अल शबाबलाई आक्रमणको आरोप लगाएका छन् । लिस अफिसर सादिक दुडिसीका अनुसार सोमालियाको शिक्षा मन्त्रालय बाहिर दुईवटा कारमा विस्फोट भएको थियो । दुर्घटनामा महिला, वृद्धसहित केही बालबालिकाको मृत्यु भएको छ । एक पत्रकारको पनि मृत्यु भएको छ । उनको पहिचान मोहम्मद इस्से कोनाको रुपमा भएको छ ।
प्रहरी अधिकृत नूर फराहीले भने–पहिलो विस्फोट मन्त्रालयबाहिर पार्किङ गरिएको कारमा भएको थियो । सहयोग गर्न छिमेकीहरु जम्मा भए । एम्बुलेन्स र उद्धार टोली घटनास्थलमा पुगेपछि अर्को कारमा विस्फोट भएको थियो । घटनास्थलमा उपस्थित एक घाइतेका अनुसार म विष्फोटस्थलबाट करिब १०० मिटर टाढा थिएँ । दोस्रो विस्फोटपछि धुवाँको मुस्लो देखिएको थियो । केही बेरपछि सडकमा शव मात्रै देखियो । चारैतिर रगत नै देखियो ।
सन् २०१७ मा सबैभन्दा खतरनाक विस्फोट भएको त्यही क्षेत्रमा विस्फोट भएको थियो । त्यो अवधिमा ५०० जनाको मृत्यु भएको थियो । त्यहाँ नजिकै धेरै सरकारी कार्यालय र रेस्टुरेन्टहरू थिए, जुन ध्वस्त भएका थिए । त्यस्तै अक्टोबर २४ मा किसामायो शहरको एउटा होटलमा आतंकवादी हमला भएको थियो । आक्रमणमा ९ जनाको मृत्यु भएको थियो । ४७ जना घाइते भएका थिए। सन् २०२२ को अगस्टमा यस्तै आतंकवादी हमला भएको थियो । अगस्ट २१ मा सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा आतंककारीहरूले प्रवेश गरी गोली चलाएको थियो । २० जनाको मृत्यु भएको थियो । सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदले इस्लामिक आतंकवादी समूह अल–शबाबलाई आक्रमणको आरोप लगाएका छन्, ‘हाम्रा जनताको हत्या गरिएको छ । उनीहरूले महिला, बालबालिका र धेरै परिवारको ज्यान लिए ।
अल–शबाब एक आतंकवादी संगठन हो । यसको उद्देश्य २०१७ मा बनेको सोमालिया सरकारलाई पराजित गर्नु हो । अल–शबाब आतंकवादी समूहको जन्म सन् २००६ मा भएको थियो । उनी साउदी अरेबियाको वहाबी इस्लामलाई पछ्याउँछन् । मोगादिसु सहर युनियन अफ इस्लामिक कोर्ट, शरिया अदालतहरूको संगठनको नियन्त्रणमा थियो । यसको प्रमुख सरिफ शेख अहमद थिए । सन् २००६ मा इथियोपियाली सेनाले संगठनलाई पराजित गर्यो र अल–शबाबको जन्म भयो । अल–शबाब इस्लामिक अदालतहरूको संघको कट्टरपन्थी शाखा हो ।
Add Comment