कीभ। रुसले मंगलबार फेरि एकपटक युक्रेनमा भयंकर हवाई आक्रमण गरेको छ । जसपछि युक्रेनी अधिकारीहरूले आपतकालीन विद्युत आपूर्ति बन्द (ब्लाकआउट) घोषणा गरेका छन् । रुसले ऊर्जा र अन्य प्रतिष्ठानहरूमा आक्रमण ग¥यो जसको लगत्तै राजधानी कीभलगायत अन्य ठाउँहरूमा विद्युत आपूर्ति बन्द भयो ।
रुसले मंगलबार युक्रेनको पूर्वदेखि पश्चिमसम्म ऊर्जा र अन्य प्रतिष्ठानहरूमा हवाई आक्रमण गरेको थियो जसका कारण व्यापक रूपमा बिजुली अवरुद्ध भएको थियो । एक वरिष्ठ अधिकारीले स्थिति गम्भीर रहेको चेतावनी दिए र युक्रेनीहरूलाई कठिन परिस्थितिमा बलियो रहन आग्रह गरेका छन् । राजधानी कीभको एक आवासीय भवनमा भएको हवाई आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ ।
युक्रेनले गत हप्ता दक्षिणी सहर खेरसनलाई पुनः कब्जा गर्न सफल भएपछि आक्रमणहरू भएका हुन् ।
कम्तिमा १२ क्षेत्रमा आक्रमण भएको थियो । युक्रेनी वायुसेनाका प्रवक्ताले रुसले करिब १०० मिसाइल प्रहार गरेको बताए । तर राष्ट्रपति वोलोडिमिर जेलेन्स्कीले यो संख्या ८५ भएको जनाएका छन् । जेलेन्स्कीले थप आक्रमणहरू हुनसक्ने चेतावनी दिएका छन् । उनले भने तर हामी सबै कुरालाई जित्नेछौं । अधिकारीहरूले पश्चिममा लेभ, झितोमिर, खमेलनित्स्की र राइन र उत्तरपूर्वमा युक्रेनका क्षेत्रमा आक्रमण भएको जानकारी दिए । खार्किभ दोस्रो ठूलो सहर हो । जेलेन्स्कीको गृहनगर क्रिभि रिहमा पनि आक्रमण भएको थियो ।
Add Comment