नयाँ दिल्ली । विश्व जनसंख्या सम्भाव्यता २०२२ः आज १५ नवेम्बरका दिन विश्वको जनसंख्या ८ बिलियन पुगेको छ । संयुक्त राष्ट्र संघको प्रतिवेदन अनुसार नयाँ अनुमानले सन् २०३० सम्ममा विश्वको जनसंख्या करिब ८ अर्ब ५ करोड पुग्ने देखाएको छ । संयुक्त राष्ट्रसंघले सन् २०५० सम्ममा विश्वको जनसङ्ख्या ९ अर्ब ७ करोड र २१०० सम्म १० अर्ब ४ करोड हुने प्रक्षेपण गरेको छ । प्रतिवेदनका अनुसार सन् २०२३ मा भारतले चीनलाई विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशको रूपमा उछिनेको पनि अनुमान गरिएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यस वर्ष विश्व जनसंख्या दिवसको अवसरमा ८ अर्ब नाघेको बताएका छन् । यो हाम्रो विविधता मनाउने, हाम्रो साझा मानवता पहिचान गर्ने र स्वास्थ्यमा प्रगतिको बारेमा कुरा गर्ने र खुसी हुने समय हो । उनले थप भने कि यो हाम्रो ग्रहको हेरचाह गर्ने हाम्रो साझा जिम्मेवारीको सम्झना हो र हामी अझै पनि एकअर्काप्रतिको हाम्रो प्रतिबद्धताको कमी कहाँ छ भनेर प्रतिबिम्बित गर्ने क्षण हो ।
युएनएफपीए भारत र भुटानका निर्देशक एन्ड्रिया वोजनारले जनसांख्यिकीय परिवर्तनका बीचमा महिला र बालिकाहरूको प्रजनन र स्वास्थ्य अधिकार सबैभन्दा महत्त्वपूर्ण रहेको बताइन् । उनले जलवायु परिवर्तन र स्वास्थ्यमा पहुँच जस्ता समस्याले सबैभन्दा बढी जोखिममा रहेका विशेषगरी महिला र बालिकालाई असर गरेकोमा जोड दिए ।
यसैबीच, सन् १९५० पछि पहिलो पटक जनसंख्या बृद्धिको गति निकै सुस्त भएको बेला यस्तो समय आएको पनि चर्चा चलिरहेको छ । यो विषयलाई चासोका साथ हेरिएको छ । तथ्याङ्कअनुसार सन् २०२० मा जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा कम रहेको छ । सन् २०२२ मा जनसङ्ख्याको सन्दर्भमा बाहिरिएको संयुक्त राष्ट्रसंघको यो अनुमान अनुसार विगत केही दशकहरूमा धेरै देशहरूमा प्रजनन क्षमतामा तीव्र गिरावट आएको छ ।
विश्वको दुई तिहाइ जनसंख्या महिला प्रजनन दर २.१ प्रतिशतभन्दा कम रहेको क्षेत्रमा बसोबास गर्दछ । कोभिड–१९ महामारीका कारण सन् २०२१ मा औसत आयु एक वर्षले घटेको छ । गत वर्ष यो ७१ वर्ष थियो । औसत आयुको हिसाबले पनि विश्वका विभिन्न क्षेत्रहरूमा असमानता छ । उदाहरणका लागि, गरिब देशका मानिसहरू धनी देशहरूको तुलनामा सामान्यतया सात वर्ष कम बाँच्छन् ।
Add Comment