अन्तराष्ट्रिय

रुसमा वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले कु को प्रयास रोके

मास्को । रुसमा वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले कु को प्रयास रोकेका छन् । मस्को र प्रिगोजिनबीच एउटा सम्झौता भएको छ, जसअन्तर्गत रुसले प्रिगोजिनमाथि लगाइएका सबै आरोपहरू फिर्ता लिनेछ र बदलामा प्रिगोजिनले कू प्रयासलाई रोकेको छ । अहिलेसम्म यस सम्झौताको बारेमा धेरै जानकारी बाहिर आएको छैन, तर मस्को र प्रिगोजिन बीचको सम्झौता बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले व्यवस्थित गरेको प्रिगोजिन पनि बेलारुस जाँदै गरेको खबर छ ।

मिडिया रिपोर्टका अनुसार प्रिगोजिन र मस्कोबीच भएको सम्झौता अनुसार रुसी सरकारले प्रिगोजिन र उनका लडाकुहरू विरुद्ध दायर गरिएका सबै मुद्दा फिर्ता लिनेछ । विद्रोह गरी रुसका शहर कब्जा गर्ने लडाकुहरू विरुद्ध कुनै कारबाही गरिने छैन । प्रिगोजिनले रुसी रक्षामन्त्री सर्गेई सोइगु र चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोभलाई हटाउन पनि माग गरेका छन् । यद्यपि, रुसले अहिलेसम्म सार्वजनिक रूपमा यो मागको प्रतिक्रिया दिएको छैन । यसैबीच प्रिगोजिनले आफ्ना लडाकुहरूलाई मस्कोबाट फिर्ता लिएका छन् र तिनीहरूलाई युक्रेनी मोर्चामा पुनः परिचालन गरेका छन् ।