Home » Sample Page » २५० मस्जिद, २६५ विद्यालय र ४,७०० बैंक सहित १९ दिनको विरोध प्रदर्शनबाट इरानमा ठुलो क्षति
अन्तराष्ट्रिय

२५० मस्जिद, २६५ विद्यालय र ४,७०० बैंक सहित १९ दिनको विरोध प्रदर्शनबाट इरानमा ठुलो क्षति

इरान । इरानमा १९ दिनको विरोध प्रदर्शन पछि, अब स्थिति शान्त भएको रिपोर्ट गरिएको छ । इरानका प्रहरी प्रमुखका अनुसार देशभर सामान्य अवस्था फर्किएको छ । अमेरिकी मानव अधिकार संगठन ज्च्ब्ल्ब् का अनुसार, अहिलेसम्म २,६७७ जनाको मृत्यु भइसकेको छ । यसमा २,४७८ प्रदर्शनकारी र १६३ सरकारी कर्मचारीहरू समावेश छन् । यी तथ्याङ्कहरू स्वतन्त्र रूपमा प्रमाणित गर्न सकिएन । १९ दिनको हिंसात्मक विरोध प्रदर्शनले उल्लेखनीय क्षति पु¥याएको छ । ३० प्रान्तहरूमा लगभग २५० मस्जिद र २० धार्मिक केन्द्रहरूमा क्षति पुगेको छ ।

तेहरानमा मात्र सयौं सवारी साधनमा आगजनी गरिएको थियो । ३६४ ठूला र ४१९ साना पसलहरूमा क्षति पुगेको थियो । १८२ एम्बुलेन्स र दमकल उपकरणमा ५३ लाख डलर बराबरको क्षति भएको छ । ३१७ बैंक शाखाहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । ४,७०० बैंकहरूले १०% देखि ९०% सम्मको घाटा बेहार्नु पर्ने अनुमान गरिएको छ । १,४०० एटीएमहरू क्षतिग्रस्त भएका छन् भने २५० एटीएमहरू पूर्ण रूप क्षति भएर सेवा नदिन सक्ने भएका छन् । विद्युत क्षेत्रले ६.६ मिलियन डलरको घाटा बेहोर्नु पर्ने देखिएकोछ । शैक्षिक तथा सांस्कृतिक सम्पदा स्थलहरू पनि गम्भीर रूपमा प्रभावित भएका छन् । २६५ विद्यालय तथा शैक्षिक केन्द्रहरू, ३ प्रमुख पुस्तकालयहरू, ८ सांस्कृतिक तथा पर्यटकीय स्थलहरू र ४ सिनेमाघरहरूमा क्षति पुगेको छ ।

इरानी सरकारले गरेको दमनपछि, विरोध प्रदर्शन धेरै हदसम्म शान्त भएको छ । मानव अधिकार संस्था र स्थानीय बासिन्दाका अनुसार सुरक्षा बलको कडाइका कारण स्थिति नियन्त्रणमा रहेको देखिन्छ । इरानी राज्य सञ्चालित मिडियाले शुक्रबार धेरै जनालाई पक्राउ गरिएको रिपोर्ट गरेको छ ।

यसैबीच, अमेरिकाले बारम्बार चेतावनी दिइरहेको छ कि यदि हत्या जारी रहेमा कारबाही गर्न सक्छ । यद्यपि, बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा हिंसा घट्दै गएको र अमेरिकी आक्रमणको सम्भावना कम भएको बताएका थिए । साउदी अरेबिया र कतारले अमेरिकासँग वार्ता गरेर आक्रमण रोक्ने प्रयास गरेका थिए ।

ह्वाइट हाउसले बिहीबार एक विज्ञप्ति जारी गर्दै इरानमा थप रक्तपात भएमा ट्रम्प र उनको टोलीलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले भनिन् कि ट्रम्पलाई इरानमा ८०० जनाको मृत्युदण्ड रोकिएको कुरा थाहा थियो । “सबै विकल्पहरू टेबलमा थिए,“ उनले भनिन् । मुद्रास्फीति र आर्थिक संकटबाट निराश इरानका नागरिकहरूले डिसेम्बर २८ मा सरकार विरोधी प्रदर्शन सुरु गरेका थिए ।